१८ चैत्र २०८१ सोमबार
image/svg+xml ७:३५ पूर्वाह्न
राजनीति

मेयर बालेनको सचिवालय भन्छ: सरकारले काठमाडौं टावर भत्काउने अवस्थामा पुर्‍यायो

काठमाडौं महानगरले काठमाडौं टावरको भवन भत्काउने तयारी गरेको छ।

टावरको नक्सा पासको विषयमाथिको विवाद चरम उत्कर्षमा पुगेका बेला भवन भत्काउने तयारी गरिरहेको काठमाडौं महानगरका मेयर बालेन शाहको सचिवालयले बताएको हो।

मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले सरकारले काठमाडौं टावरको भवन भत्काउन बाध्य भएको बताए ।

उनले भने,'सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर महानगरमा नाकाबन्दी लगाएको छ। यसले गर्दा महानगरको काम नै ठप्प भएको छ। काठमाडौं टावरको नक्सा पासको विषयलाई लिएर सरकारले यो अवस्था सिर्जना गर्नु भनेको यसमा सरकारको पनि मिलेमतो छ भन्ने हाम्रो निष्कर्ष हो। यसमा कस्को कस्को संलग्नता छ त्यो बाहिर ल्याउन हामीले भत्काउने तयारी गरिरहेका छौँ।'

उनले पीपीए मोडलको संरचना निर्माणको अध्ययन गर्न समिति बनेको र उक्त समितिले दिएको सुझाव अनुसार अगाडि बढ्ने बताए। समितिले टावरको बारेमा अध्ययन गरिरहेको र छिटै नै प्रतिवेदन आउने पनि उनले बताए।

मंगलबार मात्र महानगरका मेयर बालेन्द्र साहले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै टावरको निर्माणमा भ्रष्टाचार भएको बताएका थिए। उनले टावरको निर्माणमा भ्रष्टाचार भएको गलत भए आफूलाई जेल हाल्न समेत चुनौती दिएका थिए। 

प्रकाशित: १३ चैत्र २०८१ १५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App