२० चैत्र २०८१ बुधबार
image/svg+xml ५:३३ पूर्वाह्न
राजनीति

महेश बस्नेतको कडा चेतावनी : शाही, मिश्र र दुर्गाको अराजक झुण्डमाथि कारबाही गरौं

नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले आन्दोलनको आडमा अराजकता मच्चाउने व्यक्तिहरूमाथि कडा कानूनी कारबाही गर्नुपर्ने माग राखेका छन्। शुक्रबार राजावादी समूहको आन्दोलनले उग्र रूप लिएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्।  

नेता बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै लेखेका छन्, ‘समाजवादी पार्टीको कार्यालयमा आगजनी, दुई व्यक्तिका घरमा क्षति पुर्‍याउने, कान्तिपुर मिडिया ग्रुप र अन्नपूर्ण मिडियामाथि ढुंगामुढा गर्ने, साथै गणतन्त्रविरोधी अराजक गतिविधि सञ्चालन गर्ने ज्ञानेन्द्र शाही, रविन्द्र मिश्र, दुर्गे लगायतका व्यक्तिहरू र तिनका समूहलाई कानूनको दायरामा ल्याउनुपर्छ।’

प्रकाशित: १५ चैत्र २०८१ १७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App