१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १:४३ पूर्वाह्न
कला/संस्कृति

समालोचक बाबुराम पोखरेलको ‘समदृष्टि’ लोकार्पण

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले समालोचक बाबुराम पोखरेलको तेस्रो कृति ‘समदृष्टि’ समालोचनासङ्ग्रहको लोकार्पण गरेको छ।

प्राडा प्राज्ञ देवी नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ तथा अग्रज साहित्यकारहरू प्राडा हरिहर भण्डारी, बलराम पोखरेल, प्राडा गोपाल दाहाल, प्राडा मेदिनीप्रसाद शर्मा, एनपी आचार्य, आयोजक संस्थाका अध्यक्ष भूषण ढुङ्गेल लगायतले सामुहिक रूपमा समालोचनासङ्ग्रहको लोकार्पण गरेका थिए।

साहित्यकार हरि कट्टेलले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले समालोचना गर्दा अरूले लेखेका कृतिको केस्राकेस्रा केलाउनुपर्ने भएकाले यो सिर्जना कर्मका लागि सामान्य बौद्धिकताले नभ्याउने उल्लेख गर्दै ‘समदृष्टि’ समालोचनासङ्ग्रह उत्कृष्ट सङ्ग्रहको रूपमा आएको बताए।

उनले साहित्यकार पोखरेल यस कृति मार्फत नेपाली साहित्यको समालोचना विधामा दर्बिलो खम्बाको रूपमा प्रवेश गरेको पनि उल्लेख गरे।

प्रगतिवादी कवि रूद्र सुवेदीका अनुसार ‘समदृष्टि’ समालोचनासङ्ग्रहबारे प्रमुख अतिथि प्राज्ञ देवी नेपालले पनि बाेलेका थिए। साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि भूपि शेरचन हुँदै नयाँ पुस्ताका लेखकहरू समेतको व्यक्तित्व र कृतित्वमाथि समालोचना गरिएको उक्त कृति निकै बौद्धिक र गहन रूपमा आएकाले यसले पाठकहरूको मन जित्नेमा आफू विश्वस्त रहेको उनले बताए।

त्यस्तै कार्यक्रममा विशेष अतिथि प्राध्यापक कविराज न्यौपानेले ‘समदृष्टि’ निकै उत्कृष्ट समालोचनासङ्ग्रह भएको उल्लेख गर्दै यस क्षेत्रमा लेखकको कलम अविरल दौडिरहे मानक कृति सिर्जना गर्न सक्ने दक्षता समेत समालोचक पोखरेलमा देखिएको बताए।

प्रकाशित: १० चैत्र २०८१ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App