विमानस्थल झरेको काठको बाकससँग पनि कर असुल्ने तानाबाना छन् सरकारसँग!
राहदानी बनाउने कारखाना छन् सरकारसँग, रेमिट्यान्स कुम्ल्याउने बहाना छन् सरकारसँग। विमानस्थल झरेको काठको बाकसँग पनि,कर असुल्ने तानाबाना छन् सरकारसँग।
राहदानी बनाउने कारखाना छन् सरकारसँग, रेमिट्यान्स कुम्ल्याउने बहाना छन् सरकारसँग। विमानस्थल झरेको काठको बाकसँग पनि,कर असुल्ने तानाबाना छन् सरकारसँग।
साहित्य चौतारी झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्झेकाे छ।
बचाउनेहरू यता छन्, त्यता छन् केही पिर छैन,लाठो हान्ने, मुड्की बटार्ने केटा छन् केही पिर छैन। जति पाप गरे पनि पापी किन सच्चिन खोज्थ्यो र! जेल पर्न नपाई छुटाउने नेता छन् केही पिर छैन।
सानेले घर छोड्दा धुम्मिएर दिउँसो घुर्मैलो देखिन्थ्यो। निभेका जस्तो उज्यालोले खडेरीबाट फर्केका तुवाँलोका ताँतीहरू, जवानी बतासका झोक्कासँग दौडिरहेका थियो।
के तिमीलाई थाहा छ! तिम्रै कलमको प्रहारले म शुष्क बनेकी हुँ, पढ्दै नपढी मेरो हृदयलाई तिम्रो कवित्वले मैले तिर्नै नसक्ने प्रेमको मूल्य माग्यो।
दुश्मनलाई ओंठ र मगन्तेलाई कोट दिनु उस्तैउस्तै, लुटेरालाई नोट तथा नेतालाई भोट दिनु उस्तैउस्तै। गएपछि गयोगयो फर्केर आउला फेरि नसोचे हुन्छ,सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै।