१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

चलचित्र क्षेत्रमा ल्याइयाे ‘कुटुकुटु कस्तो माया लाग्यो बरिलै’

एकता पौडेलको डेव्यु निर्देशनमा बनेको ‘हर्ष’ चलचित्रको दोस्रो गीत ‘कुटुकुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक भएको छ।

उक्त गीतमा कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा देखिएका छन्। अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’ मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन्।

सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न सकिन्छ। गीतको भिडियोले दर्शकलाई सिनेमाप्रति उत्साह पैदा गर्न सफल देखिन्छ।

नीरकमल खड्का (मामल) काे शब्दलाई एलिस कार्कीले कम्पोज गरेका हुन्। सनिश श्रेष्ठ र अप्सरा घिमिरेले मीठाे स्वर मार्फत ‘कुटुकुटु कस्तो माया लाग्यो बरिलै’ गीतलाई जीवन्तता प्रदान गरेका छन्। उक्त गीतकाे एरेञ्ज, मिक्सिङ र मास्टरिङ्ग शैलेन्द्र एम प्रधान (बाबु) ले गरेका छन्।

‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट निकै चर्चामा आएका गायक सनिश श्रेष्ठ गुमनाम जस्तै देखिएका थिए। आउँदाे मंसिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’ बाट उनले पार्श्व गायनमा प्रवेश गरेका हुन्।

निर्देशक शिव रेग्मीकी भान्जी निर्देशक पौडेलले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन्।

सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय रहेकाे छ।

प्रकाशित: २९ कार्तिक २०८२ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App