coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘फराकिलो हार हुनुमा अनुभवको कमी’

भारतमा जारी साफ यु–२० च्याम्पियनसिपमा सहभागी भएर बिहीबार नेपाली युवा टोली स्वदेश फर्किएको छ। आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर टोली स्वदेश फर्किएको हो।

प्रतियोगितामा चार खेल खेलेको नेपालले दुईमा जित, एकमा हार र एक खेल बराबरी खेलेको थियो। उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरेको टोलीले सुरुआती दुई खेलमा राम्रो प्रदर्शन गरे पनि बाँकी दुई टोलीसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन।

कोरोनाका कारण उमेरसमूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिस्पर्धाबाट छनोट गरिएको थियो। नयाँ अनुहारलाई समावेश गरेको टोलीमा अनुभवको कमी हुँदा भारतसँको प्रतियोगिता नयाँ टोलीका लागि खल्लो हुन पुग्यो। सुरुआती दुई खेलमा सुखद नतिजा निकाल्दा तारिफ पाएका मुख्य प्रशिक्षक मेघराज केसी भारतसँगको हारपछि आलोचित भएका थिए।

बिहीबार स्वेदश फर्किएपछि मुख्य प्रशिक्षक केसीले तेस्रो खेलमा भारतसँगको पराजयले दक्षिण एसियामा नेपाली टोलीको मिहिनेत नपुगेको भन्दै थप योजनासहित अगाडि बढ्नुपर्ने बताए। केसीले मिहिनेतका बावजुत पनि नतिजा अपेक्षाअनुसारको हात नलाग्दा आफू निकै दुखी भएको बताए।

‘सुरुआती दुई खेलमा हामीले राम्रो खेल्दा तेस्रो खेलमा पनि राम्रो नतिजा निकाल्नेमा विश्वस्त थियौं। तर भारतको उत्कृष्ट खेलपछि हामीले अनपेक्षित नतिजा बेहोर्नुपर्‍यो,’ टोली अघिल्लो चरण पुग्न नसक्दा आफू नै कारण भएको स्वीकार गरेका प्रशिक्षक मेघराज केसीले भने, ‘भारतसगँको हारपछि दक्षिण एसियामा नेपाली टोलीको मिहिनेत अझै आवश्यक रहेको देखियो। भारतसँगको खेलपछि म निकै दुखी भएको छु। जुन मैले फुटबल करियरमा भोगेको दोस्रो तीतो अनुभव हो।’

यस्तै कप्तान आयुष घलानले भारतसँगको हारले टोलीलाई धेरै पाठ सिकाएको बताए। फराकिलो पराजय भए पनि भारतसँगको खेलबाट नेपाली टोलीमा शारीरिक खेल र टेक्निकल विषयमा अझै मिहिनेत गर्न आवश्यक रहेको घलानको बुझाइ रह्यो। भारतसँग फराकिलो हार हुनुमा खेलाडीमा अनुभवको कमी भएको कप्तान आयुषले बताए।

‘भारतसँग जित निकाल्नेमा हामी विश्वस्त थियौं। तर टोलीमा फिजिकल र टेक्निकल पाटोमा हामी कमजोर भयौं,’ कप्तान आयुषले भने, ‘पहिलो हाफ राम्रै खेलेका थियौं। तर दोस्रो हाफमा लगातार गोल खानुले टोलीमा अनुभवको कमी स्पष्ट देखियो। लगातार गोल खाएसँगै टोलीको मनोबल घट्यो। खेलमा फर्किन कठिन भयो।’

‘भारतसँग जित निकाल्नेमा हामी विश्वस्त थियौं। तर टोलीमा फिजिकल र टेक्निकल पाटोमा हामी कमजोर भयौं,’ कप्तान आयुषले भने, ‘पहिलो हाफ राम्रै खेलेका थियौं। तर दोस्रो हाफमा लगातार गोल खानुले टोलीमा अनुभवको कमी स्पष्ट देखियो। लगातार गोल खाएसँगै टोलीको मनोबल घट्यो। खेलमा फर्किन कठिन भयो।’

राउन्ड रोबिन लिगको प्राणालीमा आयोजना भएको प्रतियोगितामा नेपाल तेस्रो बन्दा फाइनलको ढोका बन्द भएको थियो। प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले पराजित गरेको थियो भने आफ्नो दोस्रो खेलमा श्रीलंकामाथि ३-० को जित निकालेको थियो।

तेस्रो खेलमा भारतसँग ८-० को लज्जास्पद हार भोगेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो। प्रतियोगितामा भारत र बंगलादेश शीर्ष दुई टोलीका रूपमा फाइनल प्रवेश गरेका छन्। फाइनल शुक्रबार हुँदै छ। 

प्रकाशित: २० श्रावण २०७९ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App