नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ कलाकार सुनील थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
बलिउडमा समेत पहिचान भएका कलाकार थापाको निधनको खबर सुनेर अत्यन्त दुखी भएको उनले बताए। ओलीले नेपाली सिनेमाको इतिहासमा थापाको नाम अमर रहने बताए।
‘बलिउडमा समेत पहिचान भएका हाम्रा कलाकार सुनील थापाको निधनको खबर सुनेर अत्यन्त दुःखी छु,’ सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले भने, ‘नेपाली सिनेमाको इतिहासमा उहाँको नाम अमर रहनेछ। भावपूर्ण श्रद्धाञ्जली सुनील थापा! हामी सधैं सम्झिरहने छौँ।’
थापाको आज बिहान हृदयाघातका कारण निधन भएको थियो।
प्रकाशित: २४ माघ २०८२ ११:५८ शनिबार





