२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
समाज

बालेन र सुदनविरुद्ध जाहेरी दिन परिसर पुग्यो अनेरास्ववियु

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेको छ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र प्रहरी हत्यामा उनीहरूको संलग्नता रहेको आरोप लगाउँदै अनेरास्ववियुले कानुनी कारबाहीको माग गरेको हो।

जाहेरी लिएर पुगेको अनेरास्ववियुको टोलीबाट तीन जनालाई प्रहरीले छलफलका लागि परिसरभित्र बोलाएको छ।

यसअघि जेनजी आन्दोलनका क्रममा मृत्यु भएका चार जनाका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिएका थिए। उनीहरुविरुद्ध जाहेरी परेको केही घण्टामै अनेरास्ववियुले ‘काउन्टर’ जाहेरीको रूपमा अघि बढाएको देखिन्छ।

गत भदौ २४ गते राजधानीमा भएको जेनजी आन्दोलनले हिंसात्मक रूप लिँदा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनलगायतका सरकारी कार्यालय र केही नेताहरूको घरमा समेत आगजनी र तोडफोड भएको थियो। उक्त घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैतर्फ मानवीय क्षति भएको थियो।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २१ आश्विन २०८२ १७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App