२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अपराध

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र-चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।

बराहक्षेत्रबाट चतरातर्फ आउँदै  गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

कार चालक धरान उपमहानगरपालिका-१३ का ३४ वर्षीय थमन राई र त्यसमा सवार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ की २२ वर्षीया जीवनी राई तथा मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका-३ का २६ वर्षीय अमर कामत र त्यसमा सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरिएको हो। अभियुक्तहरुलाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रकाशित: २३ श्रावण २०८३ ११:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App