९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

साह र सोनारलाई जनमतले सोध्यो स्पष्टीकरण

जनमत पार्टीले गैरआवासीय मधेसी सङ्घका पूर्वसंयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारलाई स्पष्टीकरण सोधेको छ।

पार्टीले एक हप्ताभित्र पेस गर्नेगरी बिहीबार (हिजो) स्पष्टीकरण सोधेको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए।पार्टीले साह र सोनाले पार्टीको हितविपरीत कार्य गरेको ठहर गर्दै स्पष्टीकरण सोधिएको प्रवक्ता यादवले बताए।

जनमतले यसअघि राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साह, राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलगायतका नेताहरूलाई स्पष्टीकरण सोधी चित्तबुझ्दो जवाफ नदिएको भन्दै कारबाही गरिसकेको छ।

साह र सोनारलाई सोधिएको स्पष्टीकरणपत्र।

प्रकाशित: २७ असार २०८२ २१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App