६ मंसिर २०८१ बिहीबार
image/svg+xml

बिपी राजमार्ग दैनिक सात घण्टा बन्द

सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको भन्दै सडक राति सात घण्टा बन्द गर्न थालेको हो।

आज उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज अमेरिकी डलरसहित यी मुद्राको मूल्य वृद्धि

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ।

सिसिआरसी कलेज नजिक आगलागी : फार्मेसी, जुम्बा डान्स सेन्टर र पसल क्षतिग्रस्त

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो।

उप निर्वाचनमा नेकपा एसका उम्मेदवार एमाले प्रवेश

सुनसरीको गढी गाउँपालिका–६ मा एकिकृत समाजवादीबाट वडा अध्यक्ष पदका उम्मेदवार डमी उराँव नेकपा एमालेमा प्रवेश गरेका हुन्।

जोखिममा मेची राजमार्गः बिकल्पविहीन कि उदासिन?

झापाको चारआलीदेखि ताप्जेजुङको सुकेटारसम्म पर्ने मेची राजमार्ग २६८ किलोमिटर लामो छ। यसमा अघिल्लो वर्षसम्म भएको अवरोध गत असोज १२ को वर्षातपछि दोब्बर भएको छ।

जलवायु मन्थनः चिन्ता मात्रै होइन्, समाधान जरुरी

नेपाल सम्मुख देखा परेका यी समस्या सम्बोधन गर्न नेपाल स्वयम्ले नीतिगत र विश्व मञ्चमा सामूहिक कदम चाल्न जरुरी रहेको पनि कन्क्लेभमा सहभागीहरू साझा मत छ ।

नेपाली पत्रकारितामा नौलो आयामः नागरिक, रिपब्लिका र न्युयोर्क टाइम्स एउटै ‘डिजिटल पे वाल’ मा

नेपालको डिजिटल मिडिया क्षेत्रमा पहिलो पटक एउटै ‘डिजिटल पे वाल प्लाटफर्म’ मार्फत स्वदेशी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्