छैटौं एसियाली जनसंख्या सम्मेलनको तयारी तीव्र
छैटौं एशियाली जनसंख्या सम्मेलन (एपीसी) को तयारी तीव्र बनिरहेको छ।
छैटौं एशियाली जनसंख्या सम्मेलन (एपीसी) को तयारी तीव्र बनिरहेको छ।
राज्यले अनुमति दिए बंगलादेशमा अध्ययनरत मेडिकलका पीडित नेपाली विद्यार्थीलाई निःशुल्क इन्टर्नसिप गराउन आफू तयार रहेको एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले जनाएको छ।
नेपालमा एक दशकमा कुल जनसंख्या १०.१ प्रतिशतले थपिँदा यही अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घटेको राष्ट्रिय जनगणना ०७८ को तथ्यांकले उजागर गरेको छ।
पछि देश विकास निर्माणको कार्यतर्फ लम्कँदै अघि बढ्दै गयो। देशमा विभिन्न क्षेत्रमा दक्ष इन्जिनियर जनशक्तिको खाँचो महसुस भयो। २०३० सालसम्म तीन वर्षे डिप्लोमा कोर्ष थियो।
विश्वले अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवस मनाइरहँदा नेपाली बालिका भने नेपालमा बालिकामाथि हुने गर्भदेखिकै हिंसा रोक्न घरपरिवारबाटै सोच परिवर्तन गर्नुपर्ने बताउँछन्।
‘बुधबार बिहान ११ बजेदेखि लाइन बसेँ साँझ ५ बजेसम्म पनि पालो आएन भिड उस्तै थियो। समाजिक दूरी कायम थिएन। त्यही भएर आज म बिहान ४ बजेदेखि आफ्नो ठाउँ सुरक्षित गर्न लाइनमा बस्न आइपुगेको हुँ,’ डल्लुकी सानुमैया महर्जनले भनिन्, ‘लाइनमा सबेरै आउनु पर्ने चिन्ताले रातभरि निन्द्रानै लागेन।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) को महामारीको दोस्रो लहर नेपालमा पनि फैलिँदै गएपछि मन्त्रालयले विद्यार्थीको बढी चाप भएको पाँच देशका लागि एनओसी उपलब्ध गराउन रोक लगाएको थियो।
नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन। गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरूले आफूहरूले विश्वविद्यालयमा लामो समयदेखि सेवा दिइरहेको र भविष्यको सुनिशिचतताका लागि कारार नियुक्ति माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा कुनै सुनुवाइ नभएपछि बाध्य भएर उपकुलपतिलाई कार्यालय प्रवेश निषेध गरी घेराऊ गरेको बताएका छन्।
कोभिड–१९ को जोखिमका कारण आठ महिनादेखि बन्द शैक्षिक संस्था पुस पहिलो साताबाट क्रमशः खुल्ने भएका छन्।
चैतदेखि रोकिएको कक्षा १२ को अन्तिम परीक्षा गराउन परीक्षा बोर्ड सफल भएको छ । यही सफलताको आधारमा काठमाडौंका विद्यालयले विद्यार्थीको उपस्थितिमा आलोपालो गरी कक्षा सञ्चालनका लागि सबै तयारी गरिसकेका छन् । तर काठमाडौं महानगर भने काठमाडौंमा जोखिम बढी रहेकाले विद्यालय खोल्ने पक्षमा छैन ।
एसइईको नतिजा प्रकाशनसँगै उपत्यकाका कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालय (अझै कलेज भन्ने गरिएको) ले कक्षा ११ मा नयाँ विद्यार्थी धमाधम भर्ना लिइरहेका छन्।
कोभिड—१९ को उच्च जोखिमका कारण विद्यालय खोल्ने अवस्था छैन। कोभिड जोखिमकै कारण यस वर्षको शैक्षिक सत्र निरन्तरता पाउन सकेको छैन। सरकारले अब विद्यालय तहका ७० लाख विद्यार्थीहरुको सिकाई क्षति हुन नदिन पाठ्यक्रम समायोजनको कार्य सुरु गरेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको प्रभाव दिनदिनै बढी रहेको संकटपूर्ण अवस्थामा विद्यार्थीको सिकाइ निरन्तरता दिन अब होम स्कुलिङ आवश्यक रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले बताए।
चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) तर्फका प्रमाणपत्र तहमुनिका सबै कार्यक्रम खारेजी गरी निजी शैक्षिक संस्थालाई डुबाउने खेल खेलेको निजी शैक्षिक संस्थाहरूले बताएका छन् ।