२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

रविलक्ष्मीको स्वास्थ्य बुझ्न खनाल निवास पुगे प्रचण्ड र माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

संयोजक प्रचण्ड र सहसंयोजक नेपाल डल्लुस्थित खनाल निवासमै पुगेर चित्रकारको स्वास्थ्य अवस्था बुझ्नुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरे।

गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा भएको आगजनीमा परी चित्रकार गम्भीर घाइते भएकी थिइन्। लामो समय भारतमा उपचार गराएर उनी यहि साता मात्र स्वदेश फर्किएका हुन्।

भेटमा नेता खनालले चित्रकारको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको र घरमै थप स्वास्थ्य हेरचाह भइरहेको जानकारी गराएका थिए।

प्रकाशित: ९ पुस २०८२ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App