रसुवा बाढीमा टीकापुरका ३० बढी व्यक्ति सम्पर्कविहीन
उनीहरू धेरैजसो त्यहाँ जलविद्युत गृह निर्माणको काममा मजदुरीका लागि गएको पाइएको छ। स्थानीयलाई त्यहाँ लैजाने एक जना ठेकेदार तुलाराम चौधरीका अनुसार आफ्ना ३० जना कामदार सुरुङभित्रै फसेका छन्। उनले बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको बताए।

