उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै
सदरमुकाम त्रियुगा नगरपालिकाको मेयर उम्मेदवारमा अहिलेसम्मको गणनामा नेपाली कांग्रेसले नेकपा (एमाले) र गठबन्धनभन्दा फराकिलो अन्तरले अग्रता लिदैछ।
सदरमुकाम त्रियुगा नगरपालिकाको मेयर उम्मेदवारमा अहिलेसम्मको गणनामा नेपाली कांग्रेसले नेकपा (एमाले) र गठबन्धनभन्दा फराकिलो अन्तरले अग्रता लिदैछ।
पोखरा महानगरका नवनिर्वाचित वडाध्यक्षहरुले पदभार ग्रहण गरिसकेका छन्। केहीले पदभारसँगै निर्णय गरेका छन्। पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङ (राजु)ले पहिलो निर्णय गर्दै वडामा स्कुल जान नसक्ने बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु गरिने बताए।
त्रियुगा नगरपालिका १३ को वडाध्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। शुक्रबार बिहान घोषित नतिजा अनुसार कांग्रेसका नविनकुमार चौधरी ९ सय ६० मत प्राप्त विजयी भएका हुन्।
स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन्। जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ।
नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए। निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गराएको छ।
रौतहटको गढिमाइ नगरपालिकाको नगर प्रमुख बन्न पटक पटक अनेक तिकडम गरेपनि प्रदेश सांसद शेष अब्दुल कलाम अजाद अन्ततः असफल भएका छन्। आजादको नगर प्रमुख बन्ने दोश्रो प्रयासलाई पनि नेपाली कांग्रेसका स्यामप्रसाद यादवले असफल बनाएका हुन्।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आउने ८ जना कार्यपालिका सदस्य चयनका लागि मतदान चलिरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला अदालत परिसर)मा सुरु भएको मतदानमा पहिलो मत नगरप्रमुख अमिर मादेनले खसाएका छन्।
तनहुँमा यसपालीको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको नतिजा केही खस्किएको देखिन्छ। गत निर्वाचनको तुलनामा स्थानीय तहदेखि वडासम्ममा कांग्रेसको नतिजा खस्किएको हो।
पर्वतको पैंयु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तोरण मल्ल ठुकरी(राज)ले पदभार ग्रहण गर्दै सामाजिक सुरक्षा भत्ता वडाबाटै दिने व्यवस्था मिलाउने उद्घोष गरेका छन्। आफू चुनावी प्रचारमा देखेको वृद्धवृद्धाको पीडालाई बुझ्नुपर्ने भन्दै अध्यक्षको कुर्सीमा बसेपछि निर्णय गरेको उनले बताए।
भर्खरै स्थानीय तहको निर्वाचन सकिएर पदभार गरेलगत्तै जनप्रतिनिधिहरूले नयाँनयाँ निर्णयहरू सार्वजनिक गरेका छन्।
दोस्रोपटक भरतपुर महानगरपालिकाको प्रमुख पदको जिम्मेवारी समाल्न पुगेकी रेनु दाहालको विस २०३३ असार २३ गते चितवनको भरतपुर वडा नं १४ भिमसेनगरमा भएको हो। बुवा पुप्पकलम दाहाल र आमा सीता दाहालकी दोस्रो सन्तानका रुपमा जन्मिएकी थिइन्।
तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २४ हजार ८ सय ९१ मतले साथ अग्रता लिइरहेका छन्।
पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन्।
रामचन्द्र र गोविन्दराजको टकरावका कारण दुई कांग्रेसी विभाजित भएर तनहुँमा प्रतिष्पर्धामा उत्रिएका थिए। जसले गर्दा मतगणना अवधिभर निकै रोचक प्रतिश्पर्धा भयो। गणनाका क्रममा कहिले जोशीको त कहिले न्यौपानेको अग्रता हुन्थ्यो। कस्ले व्यासको नेतृत्वमा सम्हाल्ने भन्ने आँकलन गर्न आम जिल्लाबासीलाई त्यति सहज थिएन। उसो त न्यौपानेको जित पनि त्यति सहज हैन्। अघिल्लो निर्वाचनको तुलनामा न्यौपानको जित सकसपुर्ण बनेको जिल्लावासीको भनाई छ।
बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए। उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहित कुमार शाहलाई पराजित गरे। शाहले ११ हजार ४४८ मत प्राप्त गरे। शाह यसअघि सोही नगरको नगर प्रमुख पदमा निर्वाचित भएका थिए।
गुरागाईंले निवर्तमान मेयर शिवप्रसाद ढकाललाई ७ सय २७ मतान्तरमा पराजित गर्दै विजयी भए। एमालेका गुरागाईंले २१ हजार ४ सय ५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी ढकालले २० हजार ६ सय ७८ मत प्राप्त गरे।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन्।
उपमेयरमा काँग्रेसकी इन्दिरा दरै विजयी भएकी छन्। दरैले १३ हजार ४९८ मत ल्याएर विजयी भएकी हुन्। उनको निकटम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत ल्याइन्। व्यास नगरपालिका नेपाली कांग्रेसको पकड क्षेत्र हो।
दाहाललाई पछ्याउँदै एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ७०३ मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेलले १३ हजार ३५० मत प्राप्त गरेका छन्।
सोमबार विहानसम्म १ लाख १९ हजार ३ सय १९ मत गणनामा प्रतिस्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ८ सय ५३ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन्। कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब २३ हजार ९ सय ७ मत गणना गर्न बाँकी छ।
मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको नयाँ नगरप्रमुख (मेयर)मा पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेका राजेशमान सिंह हुने निश्चित भएको छ।
काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४३ हजार भन्दा धेरै मत प्राप्त गरेका छन्।
वीरगन्ज महानगरपालिका–३२ का विजय पन्जियार (चौधरी) लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ–काठमाडौं महानगरपालिकाको नतिजाप्रति।
पाल्पाको रम्भा गाउँपालिका अध्यक्षमा बिष्णु भण्डारी र उपाध्यक्षमा राधा श्रेष्ठ विजयी भएका छन्। मतगणनामा विवाद सिर्जना भएपछि ढिला गरि मतगणना सम्पन्न भएको हो।