बालुवाटारलाई पराजित गर्दै पोखरा–११ सेमिफाईनलमा
चौथो विकेटको लागि रिजन प्रजु र विधान श्रेष्ठले ७६ रनको साझेदारी गरेपछि सुपर जनरल पोखरा–११ ले बालुवाटार क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन खेलकुद पूर्वाधारका लागि बजेट अभाव हुन नदिने अठोट व्यक्त गरेका छन्। सोमबार पोखरा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्रीले पोखरा रंगशाला निरीक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे।
लामो समयपछि संघले तीन ्वर्षको अवधिमा वार्षिक साधारण सभा गर्दै आफ्नो योजना सार्वजनिक गर्यो । यद्यपी कोषाध्यक्षको आर्थिक प्रतिवेदन भने सभा उपस्थित अतिथि तथा संघका पदाधिकारी, साधारण सदस्यले अध्ययन गर्ने मौका भने पाएनन् ।
मुख्यमन्त्री कप महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले उचालेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि उचाल्यो।
प्राचीन ऐतिहासिक थलो गोरखाको लिगलिगमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित लिगलिग साईकल रेसको उपाधि शसस्त्र प्रहरीका साईक्लिष्टद्वयले जितेका छन् ।