२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबलः रुपा गाँउपालिकाको विजयी शुरुवात

माछापुच्छ्रे गाँउपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपा गाँउपालिकाले दोस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ।  

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना सञ्चालित प्रतियोगितामा रुपा गाँउपालिकाले माछापुच्छ्रे गाँउपालिका रातोलाई २८–२६, २२–२५, २६–२४, २५–१८  को सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको हो। माछापुच्छ्रे –३, घाचोक मेधराज मावि परिसरमा प्रतियोगिता सञ्चालन भईरहेको छ। प्रतियोगिता बेष्ट अफ फाईभमा खेलाईएको छ।  

नेपालको राष्ट्रिय खेल प्रवद्र्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले जनाए। खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले नौ लाख रुपैयाँ विनियोजन गरेको छ।  

गण्डकी प्रदेशका ११ वटा जिल्लाका  विभिन्न पालिकाहरुबाट १५ टोलीको सहभागिता रहेको छ। प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै सेमिफाइनल प्रबेश गरेका दुई टिम लाई जनही ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै  विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने छ।  

प्रकाशित: २६ पुस २०८० ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App