२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पर्वत भलिबल क्लबलाई पोखरा कपको उपाधि

पोखरा कप भलिबल विजेता तथा उपविजेता खेलाडीहरुसहित अतिथि।

पोखरा महानगर भलिबल संघद्वारा आयोजित ‘पोखरा कप अन्तर क्लबस्तरीय भलिबल’ प्रतियोगिताको उपाधि पर्वत भलिबल क्लबले जितेको छ। सडक महोत्सवको अवसरमा पोखराको बसुन्धरा पार्कस्थित भलिबल कोर्टमा भएको प्रतिस्पर्धा टफ गोर्खा टिमलाई पराजित गर्दै उपाधि उचाल्यो। पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो।

विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी प्राप्त गर्यो। उपविजेता टफ गोर्खा ट्रेनिङ सेन्टरको टिमलाई ७७ हजार सात सय ७७ रुपैया नगद पुरस्कार प्राप्त गर्यो। प्रतियोगिताको फाईनलमा पूर्व राष्ट्रिय भलिबल खेलाडी बलराम क्षत्रीलाई सम्मान गरियो। क्षत्रीलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो।  

प्रतियोगितामा उत्कृष्ट खेलाडीमा पवर्तका विष्णु क्षत्री, पर्वतकै भुपेन्द्र गुुरुङ (स्पाईकर), पवर्तकै संगम गुरुङ (डिफेण्डर), टफ गोर्खा टे«निङ सेन्टर कास्कीका विवश पुलामी मगर (ब्लकर) टफ गोर्खाका सन्जोग परियार(सर्भर) र पर्वतका सुवास कुँवर(सेटर) घोषित भए। उत्कृष्ट खेलाडीलाई नगद १० हजार, बेस्ट सेटर, बेस्ट डिफेन्डर, ब्लकर, सर्भरलाई जनही ३–३ हजार रुपैयाँ प्रदान गरिएको थियो।  पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारसहित रेवान पोखराका उपाध्यक्ष तथा सडक महोत्सवका कार्यक्रम संयोजक विश्वराज पौडेल, सहसंयोजक बैभव पौडेल लगायतले विजेताहरुलाई पुरस्कार वितरण गरेको थिए।

प्रतियोगितामा गलकोट भलिबल क्लब, पोखरा महानगरपालिका निलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लब, बसुन्धरा पार्क क्लब, गुरुकुल विद्यालय, सिद्धार्थ लभडेल स्कुल, टफ गोर्खाको सहभागी रहेको थियो।  

प्रकाशित: १७ पुस २०८० ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App