१४ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

नेप्से २६०० विन्दुमुनि, कारोबार रकम भने बढ्यो

नेप्से परिसूचक २६०० विन्दुबाट झरेको छ। गत भदौ २९ गते २६०० विन्दुमुनि पुगेर बन्द भएपनि सोपछिका कारोबारमा माथि उक्लिएको नेप्से बुधबार ४.८२ अंकको गिरावटसँगै २५९८.८९ विन्दुमा झरेको हो। बुधबार सेन्सेटिभ इण्डेक्स २.०२ अंक, फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ।

नेप्से घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा ११ करोडले बढेको छ। बुधबार ३५२ स्टकको ४७ हजार ९०० पटकको कारोबारमा ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँबराबरको १ करोड २६ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार नेप्सेमा ४ अर्ब ६५ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।

आज सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशत बढेको छ। सयपत्री हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत र घलेम्दी हाइड्रोको शेयरमूल्य करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको घलेम्दी हाइड्रोको ३९ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। पिपुल्स हाइड्रोपावर कम्पनीको करिब २३ करोड र मञ्जुश्री फाइनान्सको साढे १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  

१३ उपसमूहमध्ये आज तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। 

प्रकाशित: १४ आश्विन २०८३ १५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App