६ वैशाख २०८१ बिहीबार
खेल

सन्दीप लामिछाने बिग ब्यास लिगलको ड्राफ्टमा

फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिगको नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन्।

नयाँ सिजनका लागि बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुन्। अष्ट्रेलियाको बिग ब्यास लिगको ड्राफ्ट छनोट आगामी २८ अगस्टबाट सुरु हुनेछ।

गत सिजनमा सन्दीपले होबर्ट हुरिक्यान्सबाट १४ खेलमा १४ विकेट लिएका थिए। सन् २०१८ देखि २०२० सम्म भने उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए।  

यसअघि सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) को क्लब जमैका तल्लावाजले अनुबन्ध गरेको थियो।

प्रकाशित: १८ श्रावण २०७९ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App