८ वैशाख २०८१ शनिबार

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनवाइ हुने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुने भएको छ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।

आईसीसीको स्वीकृति आएपछि सन्दीप गए युएई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आईसीसी स्वीकृति आएपछि युएई उडेका छन्।

सन्दीप आईसीसी विश्वकप लिग २ खेल्न युएई उडे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्।

सन्दीपलाई यूएई पठाउन आईसीसीको जवाफी पत्र कुर्दै क्यान

मंगलबार नागरिक न्युजसँग कुरा गर्दै क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई युएई पठाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पत्र कुरिरहेको बताएका हुन्।

तीन माग राख्दै सन्दीपले दिए सर्वोच्चमा पुनरावेदन, पेसी भोलि

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालत पाटनविरुद्ध पुनरावेदन दर्ता गराएका छन्। बिहीबार अपराह्न साढे ४ बजे सर्वोच्च अदालत गएर पुनरावेदन दर्ता गराएका हुन्।

क्यानले गर्‍यो बन्द प्रशिक्षणका लागि सन्दीपसहितको राष्ट्रिय टिम घोषणा

बिहिबार नेपाल क्रिकेट संघ (क्यान) ले यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरिएको हो।

अन्ततः सन्दिप बन्द प्रशिक्षणमा, आजैदेखि होटलमा बस्ने, थुनामा राख्न निवेदन माथिको सुनवाइ भोली

यद्यपी लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन छ। उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो। यस निवदेन माथि भोलि शुक्रबार पहिलो सुनुवाइ हुने भएको छ।

यसरी छुटे सन्दीप (फोटोफिचर)

उक्त आदेशसँगै उनलाई शुक्रबार दिउँसो कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको थियो। जिल्ला अदालतबाट तारिख बुझेर उनी पुन कारागार आएका थिए। उनले कारागारमा गर्नु पर्ने सम्पुर्ण प्रकियाहरु पुरा गरि थुना मुक्त भएका हुन्।

म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु: सन्दीप लामिछाने

सन्दीपले भने, ‘अदालतको तर्फबाट भएको आदेशलाई सम्मान गर्ने छु। अहिलेको लागि म आफ्नो परिवार भन्दा अरु सोच्न सकेको छैन। म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु। तपाइहरुको अपार मायाको लागि धन्यवाद म अहिले धेरै प्रतिकृया दिने हालतमा छैन। समयसँग सबै कुराहरु सबैको अगाडी आउने छ। ’

सन्दीप लामिछाने कारागारबाट रिहा

शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन्।

आफू निर्दोष रहेको सन्दीप लामिछानेकाे दाबी

नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्।

राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट सन्दीप लामिछाने निलम्बित

जिल्ला अदालत काठमाडौँले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई निलम्बन गरिएको हो। गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्