१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

छेलो प्रतियोगितामा दुजिक थापाको ह्याट्रिक

बागलुङमा चैत्राष्टमी मेलाको अवसरमा आयोजित छेलो प्रतियोगिताको उपाधि दुजिक थापा मगरले जितेका छन्। कालिका कु्रञ्जमा भएको प्रतियोगितामा १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै स्याङ्जाका थापामगरले उपाधि जितेका हुन्।

योसँगै थापामगरले छेलोको उपाधि जितमा ह्याट्रिक पूरा गरेका छन्। उनले यसअघि लगातार दुई वर्ष उपाधि जितेका थिए। थापाले ८ किलोको छेलो १५.७० मिटर दुरी फ्याँकेका थिए। १४.२५ मिटरदुरी फ्याँकेका पोखराका किरण सुनार दोस्रो भएको छन्।  

प्रतियोगितामा प्रथम भएका थापाले नगद ३० हजार र द्वितीय भएका सुनारले नगद २० हजार पुरस्कार प्राप्त गरेको छेलो प्रतियोगिताका संयोजक ध्रुव खड्काले जानकारी दिए।

प्रकाशित: १३ चैत्र २०८२ १८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App