२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

सुदन भन्छन्: अब जनता जागिसके, हामीलाई फुटाउने प्रयास नगरियोस्

फाइल।

हामी नेपालका संस्थापक तथा जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले आफ्नो र आफ्नो अभियानको नाममा हिंसात्मक तथा आपराधिक गतिविधि भड्काइएको भन्दै त्यसको भर्त्सना गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो आन्दोलन सदैव शान्तिपूर्ण रहेको र रहने स्पष्ट पार्दै राजनीतिक दलहरूलाई षड्यन्त्रको राजनीति नगर्न चेतावनी समेत दिए।

गुरुङले आफ्नो संस्थाले कुनै पनि प्रकारको हिंसालाई समर्थन नगर्ने स्पष्ट पारे। ‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं। हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भडकाइँदैछ। त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ,’ उनले लेखेका छन्, ‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ।’

उनले सबैलाई त्यस्ता गतिविधिमा संलग्न नहुन र हुनबाट रोक्न समेत आग्रह गरे। ‘हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन,’ उनले भने, ‘अब जनता जागिसकेका छन्; हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।’

प्रकाशित: २१ आश्विन २०८२ १७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App