२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

२०२७ विश्वकप छनोटको मिति तय, वेस्ट इन्डिज विश्वकपमा पुग्न संघर्षरत

२०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने भएको छ।आईसीसीले मिति तय गरे पनि प्रतियोगिता कहाँ आयोजना गर्ने भन्ने टुंगो लगाइसकेको छैन। 

१० टोली सहभागी हुने छनोटको विजेता सिधै विश्वकपको मुख्य चरणमा पुग्नेछ। दोस्रोदेखि चौथो स्थानसम्म रहने टोलीले ‘सुपर सिरिज’ खेल्नेछन्, जहाँबाट एक टोली मुख्य चरणमा पुग्नेछ। २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर ४ देखि नोभेम्बर २१ सम्म हुनेछ।

विश्वकप छनोटमा लिग–२ का शीर्ष चार, छनोट प्लेअफका शीर्ष चार तथा वरीयताका पुछारमा रहेका दुई पूर्ण सदस्य टोली सहभागी हुनेछन्। यसैबीच, वेस्ट इन्डिजका लागि छनोटको चुनौती बढेको छ। हाल वरीयतामा १०औँ स्थानमा रहेको उसले सेप्टेम्बरमा भारतसँग दुई एकदिवसीय खेल मात्रै खेल्नेछ।

ती खेल र अफगानिस्तान–आयरल्यान्ड शृंखलाको नतिजाले वेस्ट इन्डिजको विश्वकप यात्राको टुंगो लगाउनेछ। वेस्ट इन्डिज २०२३ को विश्वकपमा पनि छनोट हुन सकेको थिएन।

प्रकाशित: २१ श्रावण २०८३ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App