२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीमा ३३ एसपीहरूको सरुवा, भदौ १ देखि लागू हुने

सशस्त्र प्रहरी बल, नेपालले साधारण समूहतर्फका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार पत्र जारी गर्दै विभिन्न कार्यालयमा कार्यरत एसपीहरूको काज तथा सरुवा गरिएको जानकारी दिएको हो।

सशस्त्र प्रहरी महानिरीक्षकको गत साउन २१ गतेको निर्णयानुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ तथा नियम ३५ को उपनियम (१) को खण्ड (ग) को व्यवस्था बमोजिम सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ। यो सरुवा आगामी २०८३ भदौ १ गतेदेखि लागू हुनेछ।

सरुवा भएका एसपीहरूले सरुवा मिलाइएको कार्यालयबाट नियमानुसार तलब, भत्ता तथा रासन पाउने गरी खटाइएको छ।

अभिलेख अद्यावधिक प्रयोजनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (प्रहरी शाखा), लैनचौरलाई पत्रमार्फत अनुरोध गरिएको छ।

साथै, सम्बन्धित कार्यालयहरूलाई पनि अभिलेख अद्यावधिक गर्न बोधार्थमार्फत जानकारी गराइएको छ।

प्रकाशित: २१ श्रावण २०८३ २१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App