बालकविता लेखन भनेको कोठामा बसेर गरिने एक्लो घोत्ल्याइँ मात्रै होइन। यसलाई ‘टेबुल वर्क’ का रूपमा मात्र नभई ’फिल्ड वर्क’ का रूपमा पनि हेरिनुपर्छ भन्ने मेरो मान्यता छ। त्यसैलै बालकविता लेखेपछि त्यसको प्रयोगशालीय परीक्षण गर्नु पनि आवश्यक छ।
यस वर्षको गाईजात्रा पर्व ७ भदौमा छ। गाईजात्रा पर्वका अवसरमा बिभिन्न हाँस्यकलाकारहरुले वर्सेनी ब्यंग्यात्मक प्रस्तुतीहरु पस्कँदै आईरहेका छन्। यो पर्वमा गाईजात्रे प्रस्तुत गर्ने हाँस्यकलाकारको सूचिमा कमल गाउँले पनि पर्छन्।
नवौं नगरसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट तथा कार्यक्रम बनाइसकेको छ। अब यसको कार्यान्वयन गर्न तयारी गरिरहेका छौं। जनताको नियमित सेवाका कामहरू र मनसुनजन्य विपदबाट हुन सक्ने क्षतिबाट बच्न प्रतिकार्य योजना र कोरोना दोस्रो लहर नियन्त्रणका विभिन्न काममा व्यस्त छौं।
मेरो उन्नती अरु साथीहरुको समाप्तीमा छ भन्ने सोचबाट मुक्त होऔँ, मेरो उन्नती अरुको उन्नतीमा मात्रै छ भन्ने सोच्ने हो भने कांग्रेस जहिल्यै सबल र सक्षम सामाजिक आन्दोलनका रुपमा उभिईरहने छ।
यदी हामीले परीक्षणका लागि अनुमति दियौँ भने त्यो खोपले कहिले मान्यता पाउने र कोभ्यास कार्यक्रमले पनि तिमिहरूले परिक्षण त्यही खोप गर्यौ। पर्खिएर त्यही खोप लगाउ भन्न सक्छ। त्यसबाट म त्रसित थिएँ। त्यसैले मैले त्यसलाई अघि बढ्न दिइन। तर पछि म सकारबाट हटेपछि त्यसको केही कार्यविधिहरू मन्त्रिपरिषद्ले पास गरेको बुझिएको छ।
पिके जलवायु परिवर्तनविरुद्ध सन्देश लिएर छोरासहित सातै महादेशको हिमाल आरोहण गर्दै छन्। संसारका मानिसहरुलाई सन्देश दिन सगरमाथा आरोहणमार्फत सुरू गरेका हुन्।
चीनले कोरोना महामारीसँग लड्न नेपाललाई महत्वपूर्ण सहयोग गर्दै आएको छ। चीनले हालै नेपाललाई गरिरहेको सहयोगलाई मध्यनजर गर्दै नागरिकले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग गरेको कुराकानी
बारपाकमा पछिल्लो केहीदिनदेखि कोरोना भाइरस संक्रमणसँग मिल्ने लक्षणका बिरामी भेटिएका छन । जेठ लागेपछि अहिलेसम्म बारपाकका १३ जनाले एकैखाले लक्षणको रोगबाट ज्यान गुमाइसकेका छन् । दिनहुँ गाउँलेको ज्यान जान थालेपछि गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका पदाधिकारी शुक्रबार थप स्वास्थ्यकर्मी र औषधि लिएर बारपाक पुगेका छन ।
राजधानीको नगरपालिका भएका कारणले हामीले छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौं । नगर कोडिभ नियन्त्रण व्यवस्थापन समितिमार्फत निःशुल्क एम्बुलेन्स, विरामीलाई खाना, औषधिको व्यवस्थापनका साथै कोरोना संक्रमण भएर मृत्यु भएकाहरुको व्यवस्थापनको काम पनि हामीले गरिरहेका छौं ।
कोरोना लागे पनि उनीहरूले सजिलै जित्न सक्छन्। यसैले प्रत्येक नेपालीले खोप लगाउन आवश्यक रहेको छ। आफ्नो दृढ आत्मबल, परिवार तथा आफन्तको सहयोग र हौसलाले पनि कोरोनालाई जित्न मद्दत पुग्ने बताउँदै सेवा गर्दै आएका डा. राजिव चौधरीसँग गरिएको संक्षिप्त कुराकानी।
नेपालगन्ज–१२ कोरियनपुर निवासी ३९ वर्षीया उनी पेशाले प्रावि तहको शिक्षिका हुन् । तर, उनले विगत एक वर्षदेखि प्लाज्मा ब्यवस्थापनमा खटिएर धेरै जना संक्रमितको ज्यान बचाइरहेकी छन् । प्लाज्मा ब्यवस्थापन लगायत विविध विषयमा समाजसेवी माधवी शाहसँग नागरिक संवाददाता अर्जुन ओलीले गरेको संवाद :
जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्य रोगका बिरामीको उपचारसंगै कोरोनाका बिरामीहरुको समेत उपचार गर्दै आईरहेको छ । तीन दर्जन बढी कोरोनाका बिरामीको उपचार गरिरहेको प्रतिष्ठानसंग आफ्नै अक्सिजन प्लान्ट छैन । फलतः कोरोना संक्रमितहरुको उपचारमा असहज भैरहेको छ ।
नयाँ भेरियन्टसहित दोस्रो चरणमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणको अवस्था झन् भयावह छ । नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि अहिले दैनिक रुपमा ८ देखि १६ जनाको मृत्यु भइरहेको छ ।
बाँकेमा कोरोना भाईरसको संक्रमण दिनहुँ बढिरहेको छ । संक्रमितको चापले गर्दा भेरी अस्पतालका बेड भरिभराउ मात्र छैनन्, अस्पतालले थेग्नै गाह्रो भइरहेको छ । अस्पतालमा प्रायः गम्भिर अवस्थाका संक्रमित भर्ना भएका छन् । उनीहरुको उपचारका लागि विशेषज्ञ चिकित्सक(एनेस्थेसियोलोजिष्ट) को अहिले पनि अभाव छ । कोभिड वार्डमा अहिले चौबिसै घण्टा खटिरहने एक मात्र एनेस्थेसियोलोजिष्ट हुन्, डा. पारश पाण्डे । विगत दुई वर्षदेखि भेरी अस्पतालमा कार्यरत उनी नवौ तहका विशेषज्ञ चिकित्सक हुन् । भेन्टिलेटर, आईसियु कक्षमा खटिएर जटिल खालका बिरामीको विगत दुई वर्षदेखि सेवारत छन् । अस्पतालमा कोरोना संक्रमितको उपचार लगायत विविध विषयमा डा. पाण्डेसँग नागरिक संवाददाता अर्जुन ओलीले गरेको कुराकानी :
प्रदेश २ मा दैनिक थपिँदै गएको कोरोना संक्रमितमध्ये आधा संक्रमित पर्सा जिल्लाकै हुन्छन् । यस प्रदेशमा रहेका २ हजार ५ सय ५२ सक्रिय संक्रमितमध्ये १ हजार ४२० सक्रिय संक्रमित पर्सामा छन् ।
पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाइरहेका बेला टाँसिएकै प्रदेश २ मा पनि जोखिम पुनः बढेको छ । भारतसँग खुला सिमाना भएको प्रदेश २ मा अहिलेको परिस्थितिमा के कस्ता चुनौती छन् ? यसै विषयमा प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवसँग गरिएको कुराकानीः
नेपाल प्राकृतिक रूपमा निकै नै सुन्दर छ। प्रकृतिप्रेमीका लागि यो मायाको खजाना नै हो। विशेषगरी प्रकृतिसँग मुग्ध हुनेका लागि। नेपाली जनता शान्तिकामी, मैत्रीभाव र सहयोगी किसिमका छन्। उनीहरू साधारण, विनम्र र दयालु किसिमका छन्।
गण्डकी प्रदेश सरकारले चालु वर्षको साउन यता गोरखामा छुट्टै पूर्वाधार कार्यालय स्थापना गर्यो। सडक, पक्की पुल, झोलुङ्गे पुल र भौतिक संरचना निर्माणका कामलाई यस कार्यालयले प्राथमिकतामा राखेर काम गरेको छ । प्रदेश मातहतका अन्य कार्यालय भन्दा धेरै बजेट रहेको पूर्वाधार कार्यालयले फागुनसम्म ६२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भयो ।
मुस्कान आफू मात्र नभई आफूजस्तै पीडा भोगिरहेका अन्य पीडितहरूको पनि सशक्त आवाज बनेर निस्किन्। अपराधीमाथि कडा सजायको व्यवस्था गर्न आवाज उठाइन् र सफल पनि भइन्। उनै मुस्कान साहसिक कदम र आत्मबलका कारण यो वर्षको ‘नागरिक नायक’ बन्न सफल भएकी छन्।
अहिले हामीले खोप पनि लगाइरहेका छौं। तर खोप लगाइसकेपछि मानिसहरूले जनस्वास्थ्यका मापदण्डहरू राम्रोसँग पालना गरेको देखिँदैन। हेलचक्राईँअझै पनि बढीरहेको छ। यसबाट बच्नका लागि हामीले तीनवटा कुरामा मुख्य ध्यान दिनुपर्छ। सामाजिक दूरी बनाइराख्ने, अनावश्यक भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने र हात साबुन पानीले राम्रोसँग धुने गर्नुपर्छ। हात नधोइ नाक, मुख, कानमा नछुने जस्ता विषयमा ध्यान दिनुपर्छ।
भारतको पश्चिमबंगाल, बिहार र उत्तरप्रदेशमा करिब ३० करोड जनसंख्या छ। त्यो जनसंख्याको आवश्यकतालाई मध्यनजर गरेर नेपालमा ठूला उद्योग स्थापना गरी तयारी वस्तु निर्यात गर्न सके अर्थतन्त्रमा ठूलो टेवा पुग्न सक्छ।
बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साह अहिले पोखरामा छन् । खानाको पहिचान दिलाउन सक्ने हो भने नेपालमा विदेशी पर्यटक भित्र्याउन सघाउ पुग्ने साहको भनाई छ ।
मुलुकका २७ वाणिज्य बैंकका प्रमुख कार्यकारीमध्ये एक मात्र महिला प्रमुख कार्यकारी अधिृकत (सिइओ) हुन् अनुपमा खुञ्जेली। झण्डै ३० वर्ष बैंकिङ क्षेत्रमा बिताएकी खुञ्जेलीसँग पेसाभित्र र बाहिरका थुप्रै अनुभव छन्। बैंकको सामान्य कर्मचारीदेखि उपल्लो पदमा पुग्दासमेत उनको व्यवस्थापकीय शैली धेरैका लागि अनुकरणीय हुनसक्छ।