१६ पुस २०८२ बुधबार
image/svg+xml
सन्तोष पोखरेल


सन्तोष पोखरेलका लेखहरु :

पर्यटकीय क्षेत्र पाहुनाले भरिभराउ

अंग्रेजी नयाँवर्षको सुरुवाती र पुरानो वर्षको बिदाईसँगै विभिन्न सहरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ। नयाँवर्ष स्वागतार्थ र पुरानो वर्ष बिदाईका क्रममा आयोजित विभिन्न गतिविधिका कारण सहरदेखि हिमाली भेगका पदमार्ग र गन्तव्यसम्म पाहुनाको भीडभाड बनेको त्यहाँका व्यावसायीले बताएका छन। यो सिजनमा आन्तरिक र भारतीय पाहुनाको आगमन उत्साहजनक रहेको त्यहाँका व्यावसायीको भनाई छ।

पोखराको पर्यटनः अबको एकसातालाई पाहुना पर्याप्त

अबका केहीदिन पोखराका सबैजसो होटल स्वदेशी तथा विदेशी पाहुनाले भरिभराउ हुनेछन्। पर्यटन क्षेत्रमा यो बेला अफसिजन मानिन्छ। तर, पोखराले अफसिजनको यही मौका सदूपयोग गर्दै अढाईदशक अघिदेखि सडक महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवको त्यही बहानामा पोखरा घुम्न आउने पाहुनाको यो बेला घुइँचो लाग्ने गर्छ। महोत्सवताका पोखरा आउने पाहुनाले गरेको बुकिङका कारण होटल पाहुनामय हुनेछन्।

पोखरामा क्रिसमस रमझम

क्रिसमस र अंग्रेजी नयाँवर्षको आगमनसँगै पोखराको पर्यटन क्षेत्रमा चहलपहल बढ्न थालेको पर्यटन व्यावसायीले बताएका छन्। क्रिसमस आगमनसँगै आन्तरिक तथा केही भारतीय पाहुनाको आगमन बढ्न थालेको छ भने पोखराका होटल र रेस्टुरेन्टलाई सजावट गराएर चिटिक्क पारिएको छ।

रुसमा नेपालको ‘माइस टुरिजम’ बारे बहस

पर्यटन क्षेत्रमा पछिल्लो समय ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) फस्टाउँदै गएको छ। विभिन्न सभा सम्मेलन, बैठक, गोष्ठि देखि पारिवारिक जमघटका गतिविधिलाई माइस टुरिजमले समेट्ने भन्दै छोटो समयमा ठूलो आकारमा पाहुना तान्ने गतिलो उपाय नै माइस टुरिजम रहेको सरोकारवालाको भनाई छ।

२४ सै घण्टा लेकसाइड खोल्ने पहल आफ्नै लागि घातक

पर्यटकले २४ सै घण्टा खुल्ने भनेर मध्यरातमा पनि सेवा माग गरेपछि लेकसाइडका पर्यटन व्यावसायीलाई व्यवस्थापनको सकस बनेको छ। बहुसंख्यक व्यावसायीले २४ सै घण्टा खुल्ने भन्ने प्रावधानका कारण सकस खेप्नुपरेको व्यावसायीको भनाई छ।

मदरल्याण्ड साहित्य मेलामा ‘मामु–छोरी’ ब्राण्डको लिटोको कथा

व्यापार सुरु गर्दा कति लगानी गर्ने? धेरैलाई व्यावसाय थाल्ने सोचाइ पलाउँदै गर्दा सुरुवाती लगानीको आकारबारे अन्योल सिर्जना हुन सक्छ। लगानीयोग्य रकम नहुँदा कतिपयले त व्यावसाय नै सुरु नगर्ने पनि हुन्छन, व्यावसायको योजना यत्तिकै थाति राख्छन। तर, पोखराकी बिञ्जुल श्रेष्ठ, जसले आफुसँग पर्याप्य रकम नहुँदानहुँदै थालेको व्यावसायले अहिले सर्वत्र चर्चा दिलाएको छ।

साँघुरो भयो लेकसाइडको सडक

पर्यटकीय क्षेत्र लेकसाइडमा बेलुकीको समयमा सवारीसाधनको अधिक भीड हुन्छ। घुमघाम र खानपिनका लागि आएका पाहुना सवार सवारीको भीड त छँदैछ, त्यसमाथि ठुला आकारका यात्रुबाहक बस पनि प्रवेश गरेपछि लेकसाइडको साँघुरो सडक झनै साँघुरो हुने गरेको छ। साँघुरो सडकमा ठुला आकारका बस प्रवेश गरेपछि कतिपय ठाउँमा त ओहोरदोहोर गर्नै कठिन पनि हुने गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: ‘अनशनको दबाबले बनेको विमानस्थल’

झन्डै ३ महिनासम्म चलेको अनशन २०६९ मंसिर २ गते तोडिएको थियो । ८५ दिनको अनशन अवधिमा २ हजार ४ सय २ जना नागरिकहरु अनशन बसेका थिए ।

नोभेम्बरमा १ लाख १६ हजार विदेशी पाहुना भित्रिए

यो नोभेम्बर महिनामा मात्र नेपालमा १ लाख १६ हजार भन्दा बढी विदेशी पर्यटक हवाई माध्यमबाट भित्रिएका छन्। चिनियाँ र भारतीय पाहुनाको आगमन आशा गरे अनुरुप वृद्धि नभएपनि यूरोपियन सहित अन्य तेश्रो मुलुकका विदेशीको आगमनमा भने सुधार रहेको पर्यटन क्षेत्रको भनाई छ।

सुधार हुँदैछ जेन-जी आन्दोलनले खस्किएको पर्यटन बजार

सिजनको अन्तसम्म आइपुग्दा जेन-जी आन्दोलनको प्रभाव कमजोर बनेको र पर्यटनमा छोटो समयमै सकारात्मक सुधार भएको व्यवासायीले बताएका छन ।

पर्यटकको बसाई अवधि बढाउनै सकस

कोरोना संक्रमणपछिका वर्ष बसाई अवधि ओरालो लागेको थियो। पछिल्लो तीनवर्षदेखि करिब एकैखालको बसाई अवधि रहेको सरकारी तथ्यांक छ। विदेशी पर्यटकको बसाई अवधि बढाउन नसक्दा लाभ लिन नसकेको व्यावसायीले बताउँदै आएका छन।

व्यवासायी थापा भन्छनः ‘अहिले पनि हतोत्साहित बनेको छैन, पक्कै उठ्नेछु’

व्यावसाय गर्दा बेलाबेला उतारचढाव आउने गर्छन। कतिपय व्यावसायी ती उचारचढावसँग आत्तिन्छन। तर, पोखराका व्यावसायी ध्रुव थापा भने व्यवासायिक जीवनमा सबैभन्दा अप्ठेरो अवस्थामा रहँदा पनि अत्तालिएका छैनन। उनी भन्छन, ‘व्यवासाय गर्दा उतारचढाव आउँछन। तर, म आत्तिएको छैन। हतोत्साही भएको छैन।’

माथिल्लो मुस्ताङः प्रतिदिन ५० डलर तिरेर घुम्न पाइने

अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङ घुम्न जाने विदेशी पाहुनाले अबदेखि प्रतिदिन ५० अमेरिकी डलरका दरले शुल्क तिर्नुपर्ने भएको छ। यसअघि विदेशी पाहुनाले एकमुष्ठ ५ सय डलर तिर्नुपर्ने बाध्यता थियो। दैनिक ५० डलरका दरले शुल्क तिरेर घुम्न पाउने भएपछि उक्त क्षेत्रमा विदेशी पाहुनाको आकार ह्वात्तै बढ्ने अपेक्षा स्थानीयको छ।

पोखरा–पारो पहिलो उडान मंगलबार

भुटान एयरलाइन्सले भुटानको पारो र पोखरालाई जोड्नेगरि मंगलबार (नोभेम्बर १८) बाट चार्टर उडान सुरु गर्ने तयारी गरेको छ। पोखरा र भुटानबीच पर्यटक आउजाउ गराउने उद्देश्यले चार्टर उडानको तयारी भएको हो। पहिलो चरणमा पारो–पोखरा रुटमा लगातार चारवटा चार्टर उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

नेपाल घुम्ने ३६ प्रतिशत पाहुना सार्कका, सबैभन्दा धेरै भारतीय

१० महिना अवधिमा भित्रिएका पाहुनामध्ये सबैभन्दा बढी भारतीय छन्। दोस्रोमा अमेरिकी छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्