२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
सन्तोष पोखरेल


सन्तोष पोखरेलका लेखहरु :

घरपझोङ घोषणापत्र : हिमाली क्षेत्रमा जलवायु संकटको अध्ययन र निगरानी गर

सम्मेलनले जलवायु संकटलाई विकास संकटका रूपमा स्वीकार गर्दै जलवायु न्यायलाई मूल मुद्दा बनाउनुपर्ने र हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

जलवायु परिवर्तनको असर बुझाउँदै घरपझोङ

हिमाल पग्लिएपछि त्यसको असर तल्लो तटीय क्षेत्रमा पानी, कृषि, पर्यटन र मानव बस्तीमा पर्न थालेको छ।

संघीय संरचनाबिच नै अनमेल : स्थानीय तह पुनर्संरचना आवश्यक

अघिल्ला सरकारले आफूहरूको समस्यामा चासो नदिएको गुनासो स्थानीय बासिन्दाको छ। दुम्कीबास-त्रिवेणी जोड्ने सडक नहुँदा त्रिवेणी क्षेत्रका बासिन्दाले आउजाउमा सास्ती पाएका छन्। सडकको ट्र्याक खुले पनि सवारी चलाउन इजाजत छैन।

भूकम्पले चर्किए लोमान्थाङका सयौं घर

भूकम्पले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति गरेको छ। गत मंगलबार राती ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो। भूकम्पले त्यहाँका घर, गुम्बा, विद्यालयका भवन चर्केका छन्। कतिपय भवन भत्किने अवस्थामा पुगेको स्थानीयले बताएका छन्। भूकम्प पछि पनि बारम्बार धक्का महसुस गरेको स्थानीयले बताएका छन्।

कोरला नाकाः गाडी, फलफूल, लत्ताकपडादेखि बेलीब्रिजसम्म ल्याँइदै

लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित भन्सार कार्यालय आजकल निकै नै व्यस्त छ। सीमित श्रोतसाधनका बाबजुत अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एकमात्र विकल्पको रुपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँजसो ठूला आकारका कन्टेनर नेपाल भित्रिरहेका छन्।

पोखराका पर्यटन व्यावसायी भन्छन्: बिदामा घुम्ने पाहुना आउनै पाएनन्

एकदिनको सार्वजनिक बिदामै पनि पोखरा हुँइकिने आन्तरिक पाहुना अहिले लगातारजसो सातामै ३/४ बिदा हुँदा पनि पोखरा आउन पाएनन। पृथ्वी राजमार्गको त्यो अवरोधले आन्तरिक पाहुना रोकिँदा यतिबेला पोखराको पर्यटन क्षेत्र सुनसान बनेको छ।

सेप्टेम्बरको रद्द अक्टोबर-नोभेम्बरमा टुंगो छैन

झन्डै चार महिना चल्ने यो सिजनको सुरुमा पर्यटन व्यवसायी निकै नै आशावादी थिए। भारतीयसहित तेस्रो मुलुकका विदेशी पाहुनाको आगमनको राम्रो संकेत व्यवसायीले पाएका थिए ।

पर्यटन व्यवसायी भन्छन्: ७० प्रतिशत पुगेको बुकिङ ५ प्रतिशतमा झर्‍यो

जब रसुवा भोटेकोशीमा बाढी आयो, बाढीमा परेर सयौं विदेशी पर्यटक अहिले पनि सम्पर्कविहीन छन्। त्यही प्रभाव पर्यटकीय सिजनमा पर्दा अहिले विदेशी पर्यटकले होटलको अग्रिम बुकिङ धमाधम रद्द गरिरहेका छन्।

पृथ्वी राजमार्ग: राजमार्ग अवरोधले रोकियो पोखरा–काठमाडौं यात्रा

राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्क दुइसातादेखि सुनसान छ। बिहान र बेलुकी बस चढ्न अहिले कोही पनि बसपार्क आउँदैनन्। पोखराका विभिन्न ठाउँबाट छुट्ने बस पनि बजारका ठाउँठाउँबाट यात्रु चढाउँदै अन्तिममा राष्ट्रबैंकचोकको बसपार्क पुगेर यात्रुलाई लिएर गन्तव्यमा निस्कन्थे। तर, अहिले पर्यटक बसपार्क क्षेत्र पुरै सुस्ताएको छ।

विदेशी नागरिकको प्रश्नः ‘हाम्रा मान्छे बारे केही सूचना छ?

लाङटाङ क्षेत्रको पदयात्रामा गएका र तिब्बतको कैलाश मानसरोवर यात्रामा हिडेका धेरैजना धार्मिक पर्यटक यही बाढीको चपेटामा परेका थिए। बाढीको चपेटामा परेका पर्यटक सम्पर्कविहीन भएपछि उनीहरुका आफन्त त चिन्तित छँदैछन, नेपाल घुमेर फर्केका पर्यटकले पनि नेपालको अहिलेको अवस्थाबारे चिन्ता जनाईरहेका छन।

बाढीको असर धार्मिक पर्यटनमा: रोकियो कैलाश मानसरोवर यात्रा, पर्यटन क्षेत्रमा सकस

झन्डै ६ सय जना विदेशी पर्यटक अझैपनि सम्र्पकविहीन छन् । त्यस्तै विदेशी पर्यटकसँगै गएका १ सय २७ जना नेपाली पनि त्यही मारमा परेका छन् ।

विदेशी पाहुनालाई सन्देशः ‘विमानस्थल खुलै छन्, हिमाल र पदयात्रा रुटले पर्खिरहेका छन्’

पर्यटन बोर्डले पनि सामाजिक सञ्जाल मार्फत देशका केही क्षेत्र प्रभावित भएपनि नेपालको ठूलो भूभागको जनजीवन सामान्य रुपमा सञ्चालन भइरहेको बताएको छ। मानिसहरु आफ्नो दैनिक काममा फर्किरहेको र यात्रा गरिरहेको तथा आगन्तुकलाई स्वागत गरिरहेको पनि बोर्डले बताएको छ।

व्यावसायी भन्छन्ः विदेशी पाहुनाले धमाधम यात्रा रद्द गरिरहेका छन

भोटेकोशी बाढीमा परेर पदयात्रा र धार्मिक यात्रामा रहेका धेरै विदेशी पाहुना सम्पर्कविहीन छन्। विदेशी नागरिक बाहेक बिदेशमा बस्ने तर नेपाल घुम्न आएका नेपाली पाहुना पनि त्यही बाढीको चपेटामा परेका छन। विपत्मा परेर हराएका स्वदेशी र विदेशी पाहुनाबारे सर्वत्र चिन्ता एकातिर छँदैछ, त्यससँगै विपत्का कारण पर्यटन क्षेत्रले नजिकिएको पर्यटकीय सिजनमा मार खेप्ने पक्का भएको व्यावसायीको चिन्ता छ।

हवाई कम्पनी भन्छन्ः सरकारले सहुलियत दिए हवाई यात्रा सस्तो पर्छ

स्थलमार्ग रोकिएपछि अहिले पर्यटकीय राजधानी पोखरालाई काठमाडौं जोड्ने एकमात्र यातायात साधन भने हवाई माध्यम बनेको छ।

सुखद् पर्खाइमा आफन्त

पोखरा लेकसाइडका अभिषेक आचार्य पेशाले इन्जिनियिर हुन । उनी रसुवास्थित लाङटाङखोला हाइड्रोपावर प्रोजेक्टमा कार्यरत थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्