८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

'बारपाकका बासिन्दा घरबाहिर निस्कन पनि डराएका छन्'

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्मा

गोरखाको बारपाक निकै नै परिचित गाउँ हो । २०७२ को भूकम्को केन्द्रबिन्दु पनि बारपाक नै थियो । एकैठाउँमा झन्डै १२ सय घरधुरी रहेकोले पनि गाउँको पहिचान सबैतिर छ । बारपाक सुलिकोट गाउँपालिकाको १–२ वडामा बारपाकको बस्ती पर्छ । बारपाकमा पछिल्लो केहीदिनदेखि कोरोना भाइरस संक्रमणसँग मिल्ने लक्षणका बिरामी भेटिएका छन् । जेठ लागेपछि अहिलेसम्म बारपाकका १३ जनाले एकैखाले लक्षणको रोगबाट ज्यान गुमाइसकेका छन् । दिनहुँ गाउँलेको ज्यान जान थालेपछि गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका पदाधिकारी शुक्रबार थप स्वास्थ्यकर्मी र औषधि लिएर बारपाक पुगेका छन । त्यसको नेतृत्व निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले गरेका छन । बारपाकको पछिल्लो अवस्थाबारे नागरिककर्मी सन्तोष पोखरेलले निर्देशक डा. बिनोदबिन्दु शर्मा सँग गरेको कुराकानीः

बारपाकको पछिल्लो अवस्था के छ ?  

बारपाकमा ब्यापक संक्रमण भएको जानकारी पाएपछि हामी आएका हौं । यहाँका मान्छे घरबाट बहिर निस्कन पनि नसक्ने अवस्था देखियो । सबैतिर त्रासैत्रास भएकोले उनीहरु घरबाहिर निस्कन सकेका रहेनछन् । दशदिन अघि ३ सयवटा एन्टिजेन किट पठाएर यहाँ स्याम्पल परीक्षण गर्न खोजेपनि गाउँले घरबाट बाहिर निस्कन नमान्दा परीक्षण हुन सकेको थिए । बारपाकका तीनवटा वडाका झन्डै १२ सय घर रहेपनि तीनठाउँबाट स्याम्पल परीक्षण गर्न खोज्दा गाउँलेले मानेनन । गाउँलेहरु घरभित्रै बस्ने र बाहिर नआएपछि झनै जोखिम हुने देखियो । त्यसपछि हामी स्वास्थ्यकर्मी सहितको टिम लिएर आएका हौ । प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत सहितका जनप्रनितिधि पनि आउनुभएको छ ।  

बारपाकमा स्वास्थ्यकर्मीको अवस्था के छ ?

हामीले चारजना चिकित्सक लिएर आएका छौ । तीमध्ये तीनजना विशेषज्ञ चिकित्सक हुनुहुन्छ । एकजना मेडिकल अफिसर हुनुहुन्छ । तीनजना नर्स र प्रयोगशालाका पदाधिकारी पनि सँगै आएका छौ । मनोसामाजिक परामर्शदाता र जनस्वास्थ्य अधिकृत सहित १५ जना स्वास्थ्यकर्मी अहिले बारपाक आएका छौं ।  

दशदिन अघि ३ सयवटा एन्टिजेन किट पठाएर यहाँ स्याम्पल परीक्षण गर्न खोजेपनि गाउँले घरबाट बाहिर निस्कन नमान्दा परीक्षण हुन सकेको थिए । बारपाकका तीनवटा वडाका झन्डै १२ सय घर रहेपनि तीनठाउँबाट स्याम्पल परीक्षण गर्न खोज्दा गाउँलेले मानेनन । गाउँलेहरु घरभित्रै बस्ने र बाहिर नआएपछि झनै जोखिम हुने देखियो । 

अहिले बारपाकमा स्थानीयबासिको स्वास्थ्य परीक्षण भईरहेको छ । उनीहरुमा लक्षण कस्ता छन् ?

अहिले उनीहरुलाई ज्वरो आउने, जिउ दुख्ने लगायतका लक्षण छन् । कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण उनीहरुमा छ । हामीले कोरोना हो वा होइन भनेर एन्टीजेन कीटबाट परीक्षण गर्र्छाै । त्यसपछि बल्ल कोरोना हो वा होइन भन्ने पुष्टि हुन्छ । आजसम्म घरबाहिर निस्कन पनि डराएका गाउँले अहिले भने पानीमा भिज्दै परीक्षण गर्न आएका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि उनीहरुमा फैलिएको संक्रमण सिजनल फ्लु पनि हुनसक्छ ।  

गाउँभरि नै बिरामी छन भन्ने बाहिर आएको छ । कोरोना पुष्टि भएमा कसरी व्यवस्थापन गर्ने तयारी भएको छ ?  

अहिले गाउँले परीक्षण गर्न आएका छन । घरबाट बाहिर निस्कन पनि नमानेपछि जनप्रतिनिधिलाई परिचालmन गरेर उनीहरुलाई परीक्षणमा आउन अनुरोध गर्‍यौ र बल्ल आएका छन । भीषण वर्षाका बाबजुत पनि गाउँलेहरु आएका छन । गाउँमा जो बढी नै बिरामी छन्, उनीहरुलाई हामी नै औषधि दिन्छौ, आवश्यक परेमा मनोसामाजिक परामर्श पनि दिन्छौ । कोरोना नै भएपनि डराउनु पर्दैन भनेर हामीले परामर्श दिनेछौ । माइकिङ गरेर घरमै सुरक्षित रहन भनेका छौ ।  

अस्पताल आवश्यक परेमा के गर्ने ?

यो गाउँमा जेठ लागेपछि आजका दिनसम्म १३ जना मान्छेको ज्यान गइसकेको छ । त्यसैले अवस्था डलगाग्दो पनि हो । चनाखो पनि हुनुपर्ने अवस्था छ । परीक्षणपछि  कोरोना हो वा सिजनल फ्लु हो भन्ने थाहा पाएपछि बल्ल उनीहरुको उपचार सुरु हुन्छ । कोरोना नै रहेछ भनेपनि उनीहरुलाई आवश्यक परामर्श दिलाएर हतास नहुन भन्ने छौ । थप उपचारको आवश्यक परेमा उनीहरुलाई गोरखा अस्पतालमा लैजान्छौ । त्यहाँ पनि असम्भव भएमा पोखरासम्म पनि लगेर उपचार गर्नैछौ ।  

एकैठाउँ धेरैजनसंख्या र बाक्लो बस्ती भएकोले चुनौती कत्तिको छ ?  

बारपाकका तीनवटा वडा एउटै गाउँभित्र पर्छ । भौगोलिक हिसाबले आउन पनि कठिन छ । तर, हामीले उनीहरुलाई व्यवस्थापन गर्छाै । हामीसँग आवश्यक जनशक्ति भएकोले पनि समस्या छैन । स्थानीयबासि आत्तिनुपर्ने अवस्था पनि छैन ।

प्रकाशित: १४ जेष्ठ २०७८ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App