९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

उपनिर्वाचन: नागरिक पहिलो अभियानले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने

मंसिर १६ को आसन्न स्थानीय तह उपनिर्वाचनमा नागरिक पहिलो अभियान (पिपुल्स फर्स्ट) ले स्वतन्त्र उम्मेदवारहरूलाई समर्थन जनाउने भएको छ ।

अभियानले तोकेको मापदण्डभित्र अटाउने स्वतन्त्र उम्मेदवारहरूलाई समर्थन गर्ने अभियानका अभियन्ता डम्बर खतिवडाले जानकारी दिए ।

अभियानले निर्दलीय, इमान्दार, देशभक्त स्वतन्त्र उम्मेदवारहरूलाई समर्थन गर्ने भनाइ अभियन्ता खतिवडाको छ । "मापदण्डभित्र पर्ने उम्मेदवारहरूलाई समर्थन गर्छौँ," खतिवडाले भने, 'त्यस्ता उम्मेदवारलाई समर्थनका लागि आह्वान पनि गर्छौँ ।'

अभियान आफ्नै भने कहीँ उम्मेदवार नभएको स्पष्ट पार्दै अभियन्ता खतिवडाले स्थानीय तह निर्वाचन गैरदलीय हुनुपर्ने विचार राखे ।

प्रकाशित: ९ मंसिर २०८१ २१:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App