coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो। आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ। काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन्।

गोरखा बजार र बारपाकको ढल व्यवस्थापन अन्यौलमा

पहिलो पटक ‘मेगा प्रोजेक्ट’ को रुपमा सञ्चालन गर्न लागिएको गोरखा बजार र बारपाक (ठूलोगाउँ) को ढल व्यवस्थापनको काम अन्यौलमा पुगेको छ।

बारपाक जोड्ने पक्किपुल दरौँदीको बाढीले भत्कियो

गोरखाको बारपाक र अजिरकोट गाउँपालिका ४ बालुवा जोड्ने दरौँदी नदीमाथिको पक्किपुल भत्किएको छ।

'बारपाकका बासिन्दा घरबाहिर निस्कन पनि डराएका छन्'

बारपाकमा पछिल्लो केहीदिनदेखि कोरोना भाइरस संक्रमणसँग मिल्ने लक्षणका बिरामी भेटिएका छन । जेठ लागेपछि अहिलेसम्म बारपाकका १३ जनाले एकैखाले लक्षणको रोगबाट ज्यान गुमाइसकेका छन् । दिनहुँ गाउँलेको ज्यान जान थालेपछि गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका पदाधिकारी शुक्रबार थप स्वास्थ्यकर्मी र औषधि लिएर बारपाक पुगेका छन ।

बारपाकमा चिकित्सकको थप टोली पठाइयो

गोरखाको बारपाकमा कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा थप चिकित्सकको टोली बारपाक पठाइएको छ ।

एकाएक फैलिएको संक्रमण हामीले धान्न सक्ने अवस्था छैन: गाउँपालिका अध्यक्ष

गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने रहेको बताए। ‘तत्काल त्यहाँ प्रदेश र संघिय सरकारले चिकित्सक सहितको टोली पठाउनुपर्छ’ उनले भने। सिङ्गो गाउँभरी कोरोनाको लक्षण मिल्दोजुल्दो बिरामी रहेकाले तत्काल त्यहाँ चिकित्सकसहितको टोली आवश्यक रहेको उनले बताए।

बारपाकमा थप दुईको मृत्यु, एक सातामा ६ जनाले ज्यान गुमाए

गोरखाको बारपाकमा आज दुई जनाको मृत्यु भएको छ। कोरोना संक्रमित एक जना ७० वर्षका पुरुषको उपचारको क्रममा चितनवमा निधन भएको हो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका अन्दाजी ८० वर्षका पुरुषको पनि मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्