७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

ट्विटर खरिद प्रकरणमा एलोन मस्क दोषी ठहर

अमेरिकी संघीय अदालतले टेक अर्बपति एलोन मस्कलाई ट्विटर (हाल एक्स) खरिद प्रक्रियाका क्रममा लगानीकर्ताहरूलाई भ्रमित गरेको ठहर गरेको छ। 

सान फ्रान्सिस्कोस्थित संघीय अदालतमा चलेको तीन हप्ते मुद्दापछि निर्णायक मण्डलले सन् २०२२ मा ट्विटर खरिदसम्बन्धी मस्कले गरेका सार्वजनिक अभिव्यक्तिहरू भ्रामक रहेको निष्कर्ष निकालेको हो। ती अभिव्यक्तिका कारण कम्पनीको शेयर मूल्यमा गिरावट आएको अदालतले ठहर गरेको छ। 

यो मुद्दा लगानीकर्ता गिउसेप्पे पाम्पेनाले दायर गरेका थिए ।  जसले मे देखि अक्टोबर २०२२ सम्म ट्विटरका शेयर बिक्री गर्ने लगानीकर्ताहरूको प्रतिनिधित्व गरेका थिए। वादी पक्षका अनुसार मस्कका गतिविधिका कारण करिब २ . ६ अर्ब डलर बराबरको क्षति भएको अनुमान गरिएको छ। 

निर्णायक मण्डलले मस्कले धितोपत्रसम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गरे पनि उनलाई सबै ठगी आरोपबाट भने मुक्त गरेको छ। अदालतले उनले योजनाबद्ध रूपमा ठगी नगरेको निष्कर्ष समेत निकालेको छ।  

फैसलापछि मस्कका वकिलहरूले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएका छन्। यद्यपि, मस्क स्वयंले यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। ट्विटर लाई मस्कले ४४ अर्ब डलरमा खरिद गरेका थिए भने पछि यसको नाम परिवर्तन गरी एक्स राखिएको छ। यसअघि पनि सन् २०२३ मा टेस्ला सम्बन्धी समान प्रकृतिको मुद्दामा उनलाई अदालतले सफाइ दिएको थियो। 

प्रकाशित: ७ चैत्र २०८२ १७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App