हुम्लाको सिमकोट गाउँपालिकामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा पर्दा चालक २५ वर्षीय नरेन्द्र सुनारको ज्यान गएको हो।
सिमकोट गाउँपालिका–६ स्थित हनुमन्ते खोला सडकखण्डमा ग.१ त ७०६७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सोही वडाका बासिन्दा सुनारलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल हुम्ला पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ७ चैत्र २०८२ १७:२९ शनिबार





