कर्जा प्रवाहको पद्धति र ब्याजदर मुख्य समस्या
नेपालका प्रतिष्ठित व्यापारिक घरानामध्ये एक हो– पञ्चकन्या ग्रुप। यो ग्रुप मुलुककै स्टिल उद्योगको अग्रणी संस्थाको रूपमा चिनिन्छ। पञ्चकन्या ग्रुपले स्टिलसँगै प्लास्टिकका पाइप र फिटिङका सामान पनि उत्पादन गर्छ। रेडिमेड कंक्रिट उत्पादन, पानी ट्यांकी, बिटुमिन तथा ब्यारेललगायत धेरै क्षेत्रमा यो ग्रुपले लगानी गरेको छ।