ताप्लेजुङबाट झापा गइरहेको बोलेरो इलाममा दुर्घटना, ८ जना घाइते
ताप्लेजुङबाट झापा गइरहेको बोलेरो इलाम नगरपालिका १ साखेजुङस्थित मिलगोलाईमा सडकबाट खसेर दुर्घटना भएको हो।
ताप्लेजुङबाट झापा गइरहेको बोलेरो इलाम नगरपालिका १ साखेजुङस्थित मिलगोलाईमा सडकबाट खसेर दुर्घटना भएको हो।
हामीले दिगो विकासका लक्ष्यलाई टेकेरै सम्पूर्ण काम गरिरहेका छौं। हाम्रो अबको मुख्य लक्ष्यचाहिं सूर्याेदयलाई देशकै नमुना नगरपालिका बनाउने हो।
भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युमपाइप लगाएर निर्माण गरिएको राजमार्ग गत १६ गते बिहान वर्षा नै नभएका बेला झरेको थियो।
इलाम घर भइ झापामा बसोबास गर्ने दम्पतीको घरसँगै जलेर निधन भएको छ। इलाम नगरपालिका–५, बरबोटे घर भएपनि झापाको अर्जुनधारा बस्दैआएका ४५ वर्षे रोम खनाल र उनकी श्रीमती ४३ वर्षीया दुर्गाको गएराति उपचारक्रममा निधन भएको हो।
जिल्लामा निर्माण भइरहेका केही महत्वपूर्ण सडकलाई बजेट छुट्टिए पनि पर्याप्त छैन। झापाबाट इलाम सदरमुकाम जोडिएको द्रुतमार्गलाई आउँदो वर्षका लागि बजेट विनियोजित छैन ।
अनुत्पादक क्षेत्रमा बजेट खर्चेर आलोचना खेपिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले प्रदेश १ का केही जिल्लामा भने उदाहरणीय काममा लगानी गरिरहेको छ । सडक, खानेपानी, खेल मैदान निर्माण जस्ता अत्यावश्यक पूर्वाधारमा काम लगाएर लकडाउनको सदुपयोग गरिरहेका छन् ।
जिल्लाबाट स्वाब नमुना पठाइएका २ जनाको पोलिमर चेन्ज रियाक्सन (पिसिआर) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका फाकफोकथुम गाउँपालिका–२ का ३७ वर्षे युवक र उनीसँगै बिरामी कुरुवाका रूपमा आएकी ३५ वर्षीया युवतीको टिपोर्ट नेगेटिभ आएको हो ।
किवीफल भन्नेबित्तिकै जुन पायो त्यही बिरुवा नरोप्न अगुवा किवी किसान र प्राविधिकले नयाँ किसानलाई सचेत गराएका छन्।
केही सातादेखि तराई हुस्सुले ढाकिएको छ । बिहान–साँझ अत्यन्त चिसो । घरबाहिर निस्किन, कामकाजमा जान सर्वसाधारणलाई गाह्रो परिरहेको छ । तर, यहीबेला इलामलगायत पहाडी जिल्लाको मौसम यसरी खुलेको छ कि, असोज–कात्तिकजस्तै । डाँडाकाँडा खुलेका छन् । हिमाल टलक्क टल्किएका छन् ।
सन्दकपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६/०७७ का लागि २८ करोड ४४ लाख ४७ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। भौगोलिक रूपले ठूलो क्षेत्र र विकट भएपनि जैविक विविधतामा धनी सन्दकपुरले पूर्वाधार विकास, पर्यावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा बजेट केन्द्रित गरेको छ।
सत्याग्रहमा रहेका डा. गाेविन्द केसीकाे अवस्था जटिल भएपछि हेलिकप्टर मार्फत काठमाडाैं ल्याउने तयारी भएकाे छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे विशेषज्ञ टोलीले डा.केसीलाई काठमाडाैं लैजान सुझाव दिएकाे छ।
पहाडी क्षेत्रका गाउँहरू अव्यवस्थित सडकले क्षत–बिक्षत भइरहेका बेला स्थानीय तहमा गत वर्ष निर्वाचित जनप्रतिनिधिले पनि सडक योजना नै पहिलो आवश्यकता ठाने ।
इलामको सूर्याेदय नगरपालिका–१२ का मित्र राई स्नातकोत्तर तहसम्मको अध्ययन गरेर घर फर्के। उनलाई पैसा कमाउन फलानो जागिर खानुपर्छ, फलानो व्यापार गर्दा मनग्य पैसा कमाउन सकिन्छ भन्नेजस्ता ‘अर्ति’ दिनेको संख्या थोरै थिएन।
युवाको क्षमता र सम्भावनालाई सम्बोधन गर्न राज्यको ध्यानाकर्षण गराउने उद्देश्यसहित इलाम सदरमुकाममा ‘१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव’ बिहीबार सुरु भएको छ। ३ दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन प्रदेशभरका जिल्लाका युवा इलाममा भेला भएका छन्।
मानसिक सन्तुलन गुमाएकी बालिका पशुझैं दाम्लोमा बाँधिएर बस्न बाध्य भएकी छिन्। इलामको सूर्याेदय नगरपालिका १० नयाँचोककी ९ वर्षीया दीपशिखा पुरी मानसिक अवस्था बिग्रिएका कारण नियन्त्रित हुन नसकेपछि कहिले दाम्लो र कहिले बाँसको टोड्कामा खुट्टा छिराएर घरमै पशुसरह जीवन जीउन बाध्य भएकी हुन्।