८ मंसिर २०८१ शनिबार
image/svg+xml
Subhadra dhakal (suvu)
सुभद्रा ढकाल


सुभद्रा ढकालका लेखहरु :

केन्द्रीय पुस्तकालय: बिहान ३ बजेबाटै पढ्नेको लाइन

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा पुस्तक पढने पाठकहरुको लाइन बिहान ३ बजेबाटै सुरु हुन्छ। केशरमहलमा रहेको केशर पुस्तकालयमा पनि पाठकहरुको चाप घटेको छैन। त्यसैले भन्न सकिन्छ, ‘पुस्तक र पुस्तकालयप्रतिको ‘क्रेज’ घट्दो होइन बढ्दो छ।’

‘स्यानी’ पढ्दा हरेक पाठकले आफ्नी आमाको उपस्थितिको झल्को पाउँछन्

आमा बितेपछि मलाई उहाँको सम्झनाले पलपल सताउन थाल्यो। प्रत्येक दिन मार्निङ वाकमा निस्कँदा टहटह जून लाग्थ्यो। हामी सानो छँदा यस्तो समयमा गोरु लिएर फाँटमा दाइँ गर्न जान्थ्यौं। मलाई त्यही समयले पोल्थ्यो। दशैं र साउने संक्रान्ति आउँदा बाल्यकाल र आमासँग जोडिएका हरकुराले सताउन थालेपछि मैले आमाको सम्झनामा स्यानी लेखें।

अझै पनि ठगिँदैछन् सार्वजनिक यातायातका यात्रुहरु

के सरकारले सार्वजनिक यतायताका लागि भाडा दर तोकेर मात्र हुन्छ र? यो भाडा दर यातायात व्यवसायीले लागु गरेका छन् की छैन भनेर अनुगमन गर्नुपर्ने होइन र?

सिर्जना बलियो भयो भने विज्ञापन आवश्यक छैन

आफ्नो सिर्जना बलियो छ युग बोक्ने खालको छ भने विज्ञापन गरिहरनु पर्दैन। कुनै समयमा कुनै सन्दर्भमा विज्ञापनले कभरेज गरेर कमजोरलाई शशक्त देखाएपनि शशक्त त्यो बेलामा चर्चामा नआएपनि आखिर सिर्जनाको शक्ति सबैका अगाडि बलियो हुन्छ। विज्ञापन क्षणिक काम हो, अब्बल सिर्जनालाई यसको आवश्यकता पर्देन।

साहित्य लेख्दा आफ्नो देश र माटोको नजिक छु जस्तो लाग्छः केशव शर्मा

विदेशमा रहँदा देशप्रति बेग्लै माया र अनुभूति हुन्छ। बेग्लै किसिमको प्रेम हुन्छ। परिस्थितिले जहाँ पुर्‍याए पनि जुन पेशा गरेपनि मनमुटुमा देश नै बोकेर हिडिरहेका हुन्छौँ। नेपाल हाम्रो पहिचान हो। अस्तित्व हो।

दुलाहा-दुलही नदीमा स्नान गर्दैछन्

मजदुरहरू महलमा ढलान गर्दैछन्,मालिक पैसाको गुनगान गर्दैछन्। सुन्नु थियो मलाई अदृश्य भएर,ककसले ककसको बयान गर्दैछन्।

‘पहेँलपुर’ हाम्रो देशको ययार्थ हो

नेपाल निकै सम्पन्न तर निकै अभागी देश हो। हामी प्राकृतिक सांस्कृतिक र सामाजिक रूपमा धेरै सम्पन्न छौ तर यसको समुचित उपयोग गर्न सकिएको छैन। सबैभन्दा दुःखको कुरा हामीकहाँ स्वार्थ र षड्यन्त्रको राजनीतिकबाहेक अरू केही कुराको विकास भएको देखिँदैन। काठमाडौँको सिंहदरबारदेखि सुदूर विकटका स-साना दरबारसम्म स्वार्थ र षड्यन्त्रको राजनीति हावी छ।

गृहिणीदेखि प्रोफेसरसम्म

पढेलेखेका सहरी महिलाहरु अगाडि आएका छन्। गाउँमा त त्यही दुःख वेदना पीडा सहेर तेजाव छर्किएर भएरपनि आगोले डामिएर भएपनि बसिरहेको अवस्था छ। पहिलादेखि हिन्दी सांस्कृति परम्परा छ धार्मिक गन्थहरुले हरेक महिलाहरुलाई सहनशील हुन सिकाएको छ।

दुबईमा बाह्र वर्ष बनवास बसेँ, अब आफ्नै माटोमा पसिना बगाउँछु

विदेश जाने भनेको त लगानी लिनको लागि मात्र हो । नत्र त हरेक हिसाबले नेपालनै ठीक छ । केही समय विदेशमा कमाइ गरेर पछि आफ्नै देश बनाउनुपर्छ । विदेशमा सिकेको ज्ञान नेपालमा प्रयोग गर्नुपर्छ।

कालापारदेखि सरकारी जागिरसम्म

काठमाडौँको होस्टलमा बस्दा कतिबेला घाम उदायो र अस्तायो केही थाहा हुँदैनथ्यो मलाई। मैले गरेको मेहनतले काठमाडौं आएको तीन महिनामै सरकारी जागिर भएँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्