१९ मंसिर २०७९ सोमबार
समाज

गृहिणीदेखि प्रोफेसरसम्म

डा.विन्दु शर्मा पेशाले प्रोफेसर हुन्। विगत लामो समयदेखि उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली साहित्य पढाउँछिन्। साहित्यसँगसँगै समालोचना क्षेत्रमा पनि उनको विशिष्ट स्थान र याेगदान रहेकाे छ।

२०३३ दाङमा जन्मिएकी शर्मालाई यहाँसम्म आइपुग्न निकै कठिन थियो। जिन्दगीको र संघर्षको बाटो सहज नभएको उनको तिताे अुनभव छ।

त्यस बेलाको समयमा दाङको समुदायमा पढ्नुपर्छ भन्ने धारणा निकै कमसँगै थियो। छोरीहरु पनि यो धर्तीको आधा हिस्सा हुन्। उनीहरुको पनि  वेग्लै अस्तित्व छ भन्ने धारणा त्यहाँका मान्छेसँग थिएन।

ती दिन सम्झँदै शर्मा भन्छिन्, 'त्यो समाजमा त्यसबेला न पढ्नुपर्छ, भन्ने हौसला पाइयो न माया। आफन्त, समाज,परिवारमा मानिसहरुको हामी छाेरीहरूप्रति वेग्लै धारणा थियो।'

बाल्यकालमा घरमा पढेको उनलाई खास सम्झना छैन। ६ वर्ष उमेरमा विद्यालयको पढाइ आरम्भ भएको अअिअलि सम्झिन्छन्।

दस कक्षा पढ्नेबेलासम्म शर्मालाइ पढाइप्रति खास रुचि थिएन। आइस्सी पढ्ने बेलादेखि भने पढाइको महत्व थाहा पाएको उनी बताउँछिन्। जब उनलाई पढाइको महत्व थाहा भयो। त्यतिबेला घरमा विवाहको कुरा चल्न सुरु भएको थियो। उनकाे घरमा विवाहकाे कुरा मात्रै चलेनआइस्सी नसकिदैँ नेत्र एटमसँग विवाह हुन पुग्यो।

विवाहपछिको यात्रा पनि त्यति सजज थिएन। पारिवारिक जिम्मेवारी सामाजिक उतरदायित्व,आफ्नो काम कर्तव्य सबै सम्हालेर पढाइलाई समय दिनुपर्थ्यो। सबैतिर समय दिँदा कयाैँ पटक उनले आफैँलाई विर्सिन्थिन्,ती दिन सम्झदा शर्मा भन्छिन्,‘ म मा विवाहपछि झन चुनौती थपियो। सबै जिम्वेवारी बहन गर्दै आफ्नो भविष्य बनाउन निकै कठिन हुँदो रहेछ।’

विवाहपछि उनका साथीहरुको पढाइ यात्रा रोकिएको थियो। तर उनले त्यो अवस्था भने भोग्न परेन किनभने उनका श्रीमान् निकै समझदार थिए। परिवारमा पनि पढ्नका लागि खास बन्धन थिएन।श्रीमान्को धेरै साथ र सहयोग पाएकाले उनले आफ्नो पढाइलाई पूर्णविराम लगाउनु परेन।

आइस्सी सकेर विस्ससी पढ्ने बेलामा उनलाई पढाइको मोह अत्याधिक थियो। त्यति नै बेला उनी आमा बन्ने भइन्। तर उनकाे चाहनालाइ केही कुराले पनि राेकेन। यतिसम्म उनले बच्चा पेटमा भएको बेलामा समेत दिनभरि पढ्थिन्। श्रीमान्ले यस्तो हालतमा नपढेपनि हुन्छ भन्ने धारणा राख्थे। र आफू काममा निस्कन्थे उनी श्रीमान् जाने बेलामा सुतेको जस्तो गरेर दिनभरि पढ्थिन्। श्रीमान् घर आउने बेलामा पनि सुतेकै बहना गरिरहन्थिन्।

शर्मा भन्छिन्, उहाँ दिनभरि पढाउन जानुहुन्थो। म उहाँ जाने बेलामा सुतिरहेको अभिनय गर्थेँ र आउने बेलामा पनि सुतेकै हुन्थेँ। हामीसँगै एउटै फ्लाट सेयर गरेर बसेको किरण बाबु हुनुहुन्थ्यो। म कलेज जान नसक्ने भएकाले उहाँले नै मलाई नोट र किताबहरु ल्याइदिनुहुन्थ्यो म दिनभरि पढेर बस्थेँ र श्रीमान् आउने बेलामा सुत्थेँ।’ त्यसपछि बच्चा छाेरा जन्मियाे। काखमा दुधे बालक लिएर विए पास गरेको उनी बताउँछिन्।

त्यतिबेला उनले परिवारबाट धेरै माया र सहयोग पाएकी थिइन। जिन्दगीमा उनको निश्चित सपना त थिएन। अरुले जे गर्छन्, त्यही गरौँ कि क्या हो भन्ने रहर लागिरहन्थ्यो। विए सकिएपछि उनी निजामती क्षेत्रमा आकर्षित भइन। तर परिवारका मानिसले निरुत्सान गरेपछि त्यतिप्रति उनको चाहना हरायो।

व्याचर्लस पढेपछि उनले मास्टर्स जोइन गरिन्। तिनै समस्यालाई झेल्दैझेल्दै मास्टर्स पनि सकियो।मास्टर्स सकिएपछि के गर्ने भन्ने अन्योलमा रुमलिएको बेला उनलाई उनका दाजु भरत मजगैयाँको प्रभावमा पिएचडि भर्ना हुन सुझाव दिए। नभन्दै उनले पिएचडी पनि सकिन। पिएचडी सकिएपछि त्रिवि सेवा आयोग खुल्यो। त्यहाँ परीक्षा दिइन् त्यहाँ पनि उनको नाम निस्कियो।

अहिले उनलाई आफ्नो क्षेत्र निकै सुन्दर लाग्छ। अहिले श्रीजना र समालोचना र प्राध्यापनमा रमाउँदारमाउँदै कहिलेकाहिँ त आफैँलाई भुल्छिन्।

अहिले उनीसँग श्रीजना गर्नको लागि निकै कम समय छ। अहिले धेरै श्रीजनामा रमाउन मन लाग्छ तर आफ्नो समय र पेशाको कारणले गर्दा श्रीजनामा समय दिन नसकेको उनको उनी बताउँछिन्। सबै कुरामा समय व्यस्थापन गर्दागर्दौ यो क्षेत्रमा समय दिन निकै सकस परेको शर्माको गुनासो छ।

अहिले समयमा विश्वद्यिलय साहित्य पढ्ने महिलाको संख्या उल्लेख्य रुपमा छ। पछिल्लो समयमा जति केटाहरु सिर्जनशील छन्, केटीहरुमा त्यति सिर्जनशील भेट्न सकिएको छैन। घर परिवार जागिर। पढाइ तीन तिर व्यवस्थापन गर्दा महिलाहरुको सिर्जनशीला मरेको भेट्छु। विवाह भएपछि उनीहरुको सिर्जनशीलता हराउँदै गएको छ। उनले भनिन्।

शर्मा अगाडि भन्छिन्, 'हामी पितृसतात्मक सोचको उत्पाद नै हौँ। साहित्यमा कुनै कुनै सचेत महिलाले मात्रै संघर्षको कथा लेख्छन्। बाँकी सबै पारिवारिक लेखनमा भूलेका छन्। त्यो भन्दा माथि उठ्न सकेका छैन। धेरैजसो महिलाहरु समाजमा जस्तो देखिएको छ त्यो मात्र उतार्नुलाई साहित्य मान्छन्। म त्यस्तो साहित्यलाई समाजको फोटोकपी मात्रै मान्छु। प्रायःपुरुषहरुको पनि त्यही लेखन हुन्छ हामीले समाजमा हेर्यौँ भने ९८ प्रतिशत महिलाहरु विलाएर जान्छन्। संघर्ष गरेर हराएर जान्छ।

पढेलेखेका सहरी महिलाहरु अगाडि आएका छन्। गाउँमा त त्यही दुःख वेदना पीडा सहेर तेजाव छर्किएर भए पनि आगोले डामिएर भए पनि बसिरहेको अवस्था छ। पहिलादेखि हिन्दु सांस्कृति परम्परा छ धार्मिक गन्थहरुले हरेक महिलाहरुलाई सहनशील हुन सिकाएको छ। जस्तो सुकै अवस्थामा पनि सहनशील हुन सिकाएको छत्यही छाप महिलाहरुले बोकेर हिँडेका छन्। त्यही छाप पुरुषहरू बोकेर हिँडेका छन्।

'त्यसले गर्दा महिला अगाडि जानु भएको चाहिँ एकदम दुस्साहसपूर्ण कदम हो। बाहिर रुपमा जस्तो भए पनि भित्री मनमा महिलाले आफूलाई नउछिनोस् भन्ने पूरुषहरुको चाहना हुन्छ। आफ्नै परिवारको महिलाले विद्रोह नगरोस् उत्पीडन सहिदेओस्। भन्ने अन्तमन संकुचित हुन्छ,' उनले भनिन्।

प्रकाशित: २५ मंसिर २०७८ १९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App