२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

श्रीकृष्ण विक प्रकरण : इन्सपेक्टर र प्रहरी जवानलाई विभागीय कारबाही

सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा मृत फेला परेका श्रीकृष्ण विक प्रकरणको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयमा पठाइएको छ।

डीआईजी दिनेशकुमार आचार्य नेतृत्वको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदनमा इन्सपेक्टर बसन्त भुजेल र प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गरिएको स्रोतले जनाएको छ। 

प्रतिवेदनपछि इन्सपेक्टर भुजेललाई खुर्कोटबाट बागमती प्रदेश कार्यालय सरुवा गरिएको छ भने अन्य १० प्रहरीलाई सचेत गराउन सिफारिस गरिएको छ।  

श्रीकृष्ण विक  वैशाख ७ गते हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए। प्रेम सम्बन्धमा रहेकी १६ वर्षीया किशोरीको बलात्कार आरोपमा अनुसन्धानका लागि उनलाई खुर्कोट लगिएको थियो। 

प्रकाशित: ३१ वैशाख २०८३ १५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App