२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
खेल

फिफा विश्वकप: चर्चा कमाइरहेको क्यारेबियन मुलुक 'कुराकाओ'

२३औँ संस्करणको फिफा विश्वकप आउन अब एक महिना पनि छैन। चार-चार वर्षमा हुने फुटबलको महाकुम्भमा यसपटक देखि कुल ४८ राष्ट्रले सहभागिता जनाउँदै छन्।  

त्यसमा पनि कुल तीन राष्ट्रले विश्वकपको आयोजना गर्दैछ। चार नयाँ टोलीले पहिलो पटक विश्वकप खेल्दै छन् भने कुल १०४ खेल हुनेछन्। यी बाहेक पनि अहिले विश्व फुटबलमा फिफा विश्वकपमा डेब्यू गर्न लागेको क्यारिबियन राष्ट्र 'कुराकाओ'को चर्चा व्यापक छ।

कुराकाओ किन चर्चामा?

मात्र १ लाख ५० हजार जनसंख्या भएको र केवल ४४३ वर्ग किलोमिटर (१७१ वर्ग माइल) क्षेत्रफल ओगटेको सानो क्यारिबियन टापु हो कुराकाओ । यहीँ जुन ११ मा सुरु हुने फिफा विश्वकपमा प्रतिस्पर्धा गर्ने सबैभन्दा सानो देश (क्षेत्रफलकाहिसाबमा) पनि हो कुराकाओ।

यो भेनेजुएलाको तटबाट ६० किलोमिटर (३७ माइल) टाढा छ। टापुको दक्षिणमा रहेको विलेमस्टाड कुराकाओको राजधानी हो। 'द ब्लू वेभूले' परिचित कुराकाओको राष्ट्रिय फुटबल टोलीको प्रदर्शन हेर्न यतिबेला विश्वकप फुटबल जगत नै आतुर रहेको छ। कुराकाओ नेदरल्याण्ड्स अधिराज्य भित्रको एक घटक देश हो, जसले फुटबलको महाकुम्भमा पहिलो पटक स्थान बनाएको छ। 

कुराकओले दुई चुनौतीपूर्ण छनोट राउन्डहरू पार गर्यो। उसले १० खेल खेल्यो, सात जित्यो र आफ्नो अभियान अपराजित रहँदै समाप्त गर्यो। कुराकाओको यात्रा (CONCACAF) दोस्रो चरणबाट सुरु भयो। उनीहरूले बार्बाडोस, अरुबा, सेन्ट लुसिया र हाइटीलाई पराजित गर्दै फुटवलको सबैभन्दा ठुलो प्रतिस्पर्धामा एक कदम अघि बढ्यो।

त्यसपछि विश्वकप छनोटको तेस्रो तथा अन्तिम चरणमा, उसले समूह बी मा जमैका, ट्रिनिडाड एण्ड टोबागो र बर्मुडासँग प्रतिस्पर्धा गर्यो। जहाँ कुराकाओले पहिलो खेलमा ट्रिनिडाड एण्ड टोबागोसँग गोलरहित बराबरी खेल्यो।

त्यसअघि कुराकाओले घरेलु मैदानमा बर्मुडालाई ३-२ ले पराजित गर्‍यो। घरेलु मैदानमा जमैकालाई २-० ले पराजित गरेको थियो। अर्को खेलमा, बर्मुडालाई ७-० ले पराजित गर्नुअघि काराकाओले ट्रिनिडाड एण्ड टोबागोसँग १-१ को बराबरी खेल्यो। 

त्यहीँ बराबरीले कुराकाओले समूह बी मा शीर्ष स्थान सुरक्षित गर्‍यो। विश्वकप यात्राको सबैभन्दा उल्लेखनीय अध्यायमा प्रवेश गर्‍यो। 'यो असम्भव छ जुन सम्भव भएको छ,' विङ्गर केन्जी गोरेले गार्जियन पत्रकारसँग 'यति सानो टापु, यति सानो १५०,००० जनसंख्याको लागि यो शाब्दिक रूपमा असम्भव छ, र अब फुटबलको सबैभन्दा ठूलो शिखरमा पुग्नु अविश्वसनीय छ।'

कुराकाओले सन् २०१० पछि मात्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाइला राखेको हो। उसले ब्राजिल २०१४ प्रतियोगिता अघि पहिलो पटक नयाँ नाम अन्तर्गत फिफा विश्वकप छनोटमा आफूलाई उभ्याएको थियो। 

कुराकोओले सन् २०१५ मा मोन्टसेराटविरुद्धको आफ्नो पहिलो विश्वकप दुई लेगको छनोट खेल जित्यो। त्यसपछि कुराकाओ दुई वर्षपछि, टोली पहिलो पटक गोल्डकपको लागि छनोट भयो, यद्यपि उनीहरु समूह चरणबाट नै बाहिरिए। आफ्ना सबै खेलहरू हारे। तर २०१९ मा, कुराकाओ क्वार्टरफाइनलमा पुगेको थियो। 

कुराकाओ २०२२ मा कतारमा हुने विश्वकप नजिक पुगेको थियो तर छनोटमा अन्तिम चरणमा पानामासँग पराजित हुँदै बाहिरिएको थियो। पहिलो पटक विश्वकप खेल्न लागेको कुराकाओ समूह 'ई' मा परेको जहाँ उसले चार पटकको विजेता जर्मनी, इक्वेटर र आइभरी कोस्टासँग प्रतिस्पर्धा गर्नेछ।

उक्त विश्वकपका लागि कुराकाओ टोलीले मार्चमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो, सिड्नीमा चीनसँग २-० ले पराजित हुनुभन्दा अघि मेलबर्नमा अष्ट्रेलियासँग ५-१ ले हारेको थियो। विश्वकपमा जानुअघि ग्लासगोमा हुने मैत्रीपूर्ण खेलमा कुराकाओले स्कटल्याण्डको सामना गर्नेछ।

कुराकाओ टोलीमा अधिकांश खेलाडीहरु डच मूलका छन्, तर पारिवारिक सम्बन्धले गर्दा उनीहरू कुराकाओबाट खेल्न योग्य छन्। धेरैले उमेर समूहका टोलीहरूमा नेदरल्याण्ड्सको प्रतिनिधित्व गरे, जस्तै सेन्ट्रल मिडफिल्डर जुनिन्हो, डच यू-१८, यू-२० र यू-२१ टोलीहरूबाट खेले। उनका जेठा भाइ, लियान्ड्रोले पनि शीर्ष लिगमा कुराकाओको प्रतिनिधित्व गर्नुअघि नेदरल्याण्ड्सको युवा टोलीका हिस्सा थिए। 

सन् २०१९ मा नेदरल्याण्ड्सबाट कुराकाओमा धर्म परिवर्तन गर्ने जुनिन्होले यो ठूलो निर्णय भएको बताए।'त्यतिबेला, म केवल २१ वर्षको थिएँ र डच राष्ट्रिय टोलीको लागि मेरो सम्भावना हेर्न मेरो अगाडि धेरै वर्षहरू थिए,' उनले बीबीसीलाई भनेका छन् 'तर मैले कुराकाओबाट खेल्ने छनौट चाँडै गरें। एउटा कारण यो थियो कि म मेरो भाइ जस्तै टोलीमा खेल्न सक्थें, र परिवारले हामीलाई सँगै खेलेको हेर्न सक्थे।'

कुराकाओले जुन १४ मा जर्मनीसँग खेल्दै विश्वकपमा डेब्यू गर्नेछ।

प्रकाशित: ३१ वैशाख २०८३ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App