२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
खेल

लिग–२ः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकिएको छ। अमेरिकाले २६ दशमलव ४ ओभर खेल्दा खेल रोकिएको हो।

अमेरिकाले चार विकेटको क्षतिमा १६० रन बनाएको छ। अमेरिकाका लागि स्मित पटेलले ७२ तथा कप्तान मोनाङ्क पटेलले १२ रन बनाए।

यसअघि आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ४७ ओभरमा ६ विकेट गुमाउँदै ३२१ रन बनायो।

५० ओभरको खेललाई वर्षाका कारण ४७ ओभरमा झारिएको हो। स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले १०२ बल खेल्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ७७ रन बनाए।

विकेटकिपर म्याथ्यु क्रसले ३२ बलमा ८ चौका र दुई छक्काको सहयोगमा ५८ रन जोडे। त्यस्तै ब्रान्डन म्याकमुलनले ४० बलमा ५ चौका र ३ छक्कासहित ५५ रन, माइकल इङ्लिसले ३२, मार्क वाटले अविजित २५ तथा माइकल लिस्कले अविजित २८, कप्तान रिची बेरिङ्टनले १० तथा जर्ज मुन्सीले २० रनको योगदान दिए।

बलिङतर्फ अमेरिकाका लागि सौरभ नेत्रवाल्कर र जसदीप सिंहले दुई/दुई तथा मिलिन्द कुमार र शुभम रन्जनेले एक/एक विकेट लिए।

प्रकाशित: ३१ वैशाख २०८३ १७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App