अस्पतालका आईसीयू प्रयोगबिहिन, बिरामी उपचार नपाएर छट्पटाउँदै

कोरोना संक्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको सघन उपचार कक्ष (आईसीयू) प्रयोगबिहिन बनेको छ। एनेस्थेसिया र फिजिसियनको अभावमा ७ वटा भेन्टिलेटरसहितको आईसियू प्रयोगबिहिन जस्तै बनेको हो।