१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

एकै दिन ५५ को मृत्यु

संक्रमण दर ४५.८६, निषेधाज्ञा लम्बियो

विगत २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट एकै दिन यति धेरैको मृत्यु भएको यो पहिलोपटक हो। मंगलबारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४ सय १७ पुगेको छ। पछिल्ला दिनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। गत आइतबार २७ जना र सोमबार ३७ जनाको मृत्यु भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितको यो संख्या पनि हालसम्मकै सबैभन्दा बढी हो। मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन परीक्षण गरिएका कुल १६ हजार ७ सय २ नमुनामध्ये ४५ दशमलव ८६ प्रतिशतमा संक्रमण देखिएको छ। यो दर पनि हालसम्मकै सबैभन्दा उच्च हो।  

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ८ सय ९३ जना संक्रमित थपिएका छन्। यीमध्ये काठमाडौंमा २ हजार ७ सय ७९, भक्तपुरमा ५ सय १३ र ललितपुरमा ६ सय १ जना छन्। नेपालमा संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ। हाल देशभर ५९ हजार ७ सय ९८ सक्रिय संक्रमित छन्।

हाल देशभर ६ सय १६ बिरामी आइसियु र १ सय ७९ बिरामी भेन्टिलेटरमा छन्। सोमबारसम्म ४ सय ७७ जना आइसियु र १ सय ३१ जना भेन्टिलेटरमा उपचाररत थिए। मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार ७ सय ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ।

कोरोना संक्रमण निरन्तर बढेपछि काठमाडाैं उपत्यकामा हाल जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। यसैगरी खाद्यान्न तथा तरकारी पसल खोल्ने समय बिहान ७ देखि ९ बजेम्म मात्र कायम गरिएको छ।

प्रकाशित: २२ वैशाख २०७८ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App