राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा चलिरहेको छ।
सुनसरी घटना लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गरिने बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी यस बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी छन्।
त्यसै गरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, श्रम संस्कृति पार्टीका आरेन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन तथा सांसद खुस्बु ओलीलगायतका नेताहरू पनि बैठकमा पुगेका छन्।
तस्बिर : विजय राई/नागरिक








प्रकाशित: १३ श्रावण २०८३ ०८:५४ बुधबार





