१३ श्रावण २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

अर्घाखाँचीमा ४३ जना कोरोना संक्रमित थपिए

गएको २४ घण्टामा अर्घाखाँचीमा ४३ जना कोरोना संक्रमित थपिएका छन्।

सोमबार १ सय ८६ जना सक्रिय संक्रमित रहेकोमा मंगलबार संक्रमितको संख्या २ सय २९ पुगेको छ। हाल सन्धिखर्कका १२७, भुमिकास्थानका ४७, शितगंगाका १४, मालारानीका १७, पाणिनीका ८ र छत्रदेवका १६ जना सक्रिय संक्रमित रहेका छन्।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाका अनुसार गएको २४ घंटामा संक्रमणका कारण एक जनाको ज्यान गएको छ।

यससँगै अर्घाखाँचीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ। सन्धिखर्कका ६, भुमिकास्थानका ६, शितगंगाका ६, मालारानीका ४, पाणिनीका ३ र छत्रदेवका १ जना संक्रमितले ज्यान गुमाएका छन्। हालसम्म जिल्लामा १ हजार ५६ जनामा संक्रमण पुष्टि भएकोमा ८ सय १ जना निको भएका छन्। 

प्रकाशित: २१ वैशाख २०७८ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App