कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले आयोजित समारोहमा उनलाई शपथ गराएका हुन्।
प्रदेश प्रमुख जोशीले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा एमालेको समर्थनमा शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
मुख्यमन्त्री शाहीले भने मन्त्रिपरिषद् विस्तार गर्न सकेनन्। सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबन्डा र जिम्मेवारी बाँडफाँटमा सहमति नजुट्दा उनी एक्लै शपथ लिन बाध्य भएका हुन्।
मन्त्रालयको भागबन्डा टुंगिएपछि मात्रै मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
प्रकाशित: १३ श्रावण २०८३ १५:४२ बुधबार





