coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

विराटनगरका तीन स्थानबाट स्वाब संकलन

दैनिक १ सयको हराहारीमा कोरोना संक्रमित थपिएपछि विराटनगर महानगरपालिकाले स्वाब संकलन थालेको छ।

नगर क्षेत्रभित्र कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि महानगरपालिकाले लक्षण देखिएकाहरूको सहज रुपमा परीक्षण गर्ने उद्देश्यले विभिन्न तीन स्थानबाट स्वाब संकलन थालेको हो।  

विराटनगरको १, २, ३ , ४ र १९ नम्बर वडाका लागि विराटनगर –१ स्थित पुरानो दमकल राखिएको कार्यालय तोकिएको छ। यस्तै वडा नम्बर ५, ६, ७, ८ ,९ र १० का लागि विराटनगर–७ स्थित आदर्श स्कुलको विज्ञान भवन तोकिएको छ।

वडा नम्बर ११ देखि १८ सम्मका लागि विराटनगर-१५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र रानीलाई तोकिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले पहिलो चरणको कोरोना संक्रमणको बेला पनि विभिन्न स्थानबाट स्वाब संकलन गरेको थियो।

प्रकाशित: २१ वैशाख २०७८ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App