coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बुटवलमा अक्सिजन बैंक स्थापना

बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितहरुलाइ लक्षित गरेर अक्सिजन बैंक स्थापना गरेको छ। नगरभित्रका आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई आवश्यक परेको अवस्थामा अक्सिजन बैंक मार्फत तत्काल अक्सिजन उपलब्ध गराइने छ।  

नगरपालिकाको कार्यालय परिसरमा स्थापना गरीएको अक्सिजन बैंकमा अक्सिजनका सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीहरु समेत तयारी अवस्थामा राखिने छ। आइसोलेसनबाट सूचना आउने बित्तिकै स्वास्थ्यकर्मीहरु परिचालन गरी आइसोलेसन सेन्टर, होटल तथा होम आइसोलेसनमा बसेका संक्रमितलाई अक्सिजन पुर्याइने नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए।

पहिलो चरणमा एक सय थान अक्सिजन सिलिण्डर खरीद गरेको र आवश्यकताका आधारमा थप सिलिण्डर खरीद गरीने उनले बताए। अक्सिजन बोक्ने गाडी, एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ। त्यस्तै अक्सिजन संक्रमितसम्म पुर्याएर सेव प्रदान गर्न शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीसहित केही स्वास्थ्यकर्मी नगरपालिकाका तर्फबाट पनि खटाइने खनालले बताए। पहिलो चरणमा १० लाखको बजेटमा यो सेवा सुरु गरीएको नगरपालिकाले जनाएको छ।  

नगरपालिकाले लक्षण देखिएका संकास्पद बिरामी र संक्रमितको परिवार तथा समुदायको कन्ट्रयाक्ट ट्रेसिङका लागि समेत निःशुल्क स्वाब संकलन र परीक्षणको व्यवस्था मिलाइएको उनले बताए। त्यसका लागि वडाका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रबर्धन केन्द्र नगरपालिकाको स्वास्थ्य शाखामा सूचना दिनु पर्ने उनले बताए।

प्रकाशित: २१ वैशाख २०७८ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App