१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जनप्रतिनिधिको सेवा सुविधा कोरोना कोषमा

डोल्पाको एक स्थानीय तहका जनप्रतिनिधिले एक महिनाको सम्पूर्ण सेवा सुविधा कोरोना विपद व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । जिल्लाको काइके गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय भएको बताइएको छ । सोमबार गाउँपालिका अध्यक्ष अंगदकुमार रानाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले एक महिनाको सेवा सुविधा कोरोना संक्रमितको व्यवस्थापनका लागि स्थापना गरिएको कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

जिल्लाको सदरमुकाम दुनैमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अन्य स्थानीय तहका जनप्रतिनिधिहरू पूर्व तयारीमा जुटेका हुन् । आगामी दिनमा कोरोनाबाट आफूहरूसमेत अछुतो हुन नसक्ने भन्दै पूर्व तयारीमा जुटेको काइके गाउँपालिका अध्यक्ष रानाले बताए । जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा कोषमा जम्मा गर्ने र गाउँपालिका भित्र कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको उनले बताए । यसका साथै अनावश्यक भिड्भाड नगर्न पनि गाउँपालिकाले सबैलाई आग्रह गरेको उनको भनाइ छ ।

नेपालगन्ज, काठमाडौंलगायत सहरबाट डोल्पा भित्रिने यात्रुहरूलाई कोरोना परिक्षण गर्दा संक्रमितको संख्या बढेपछि जिल्ला संकट व्यवस्थापन समितिले मंगलबारदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञ जारी गरेको छ ।सदरमुकाम दुनैदेखि काइकेमा मान्छेहरूको आवतजावत धेरै हुने भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको गाउँपालिका अध्यक्ष रानाले बताए ।

प्रकाशित: २२ वैशाख २०७८ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App