छुइगोठमुक्त अभियानमा जुटे जुम्ली महिला
कुरीतिका रुपमा जगडिएर रहेको छुई(छाउपडी प्रथा) अन्त्य गर्न जुम्लाका महिला छुईगोठमुक्त अभियानमा जुटेका छन्।
कुरीतिका रुपमा जगडिएर रहेको छुई(छाउपडी प्रथा) अन्त्य गर्न जुम्लाका महिला छुईगोठमुक्त अभियानमा जुटेका छन्।
यो वर्ष कर्णालीमा बैशाख महिनामा हिउँ परेको छ। पालुवा पलाएर जताततै हरिया भइसकेको बेला हिउँले ढाकेर सेताम्य भएको हो।
जुम्लामा रहेको नेपाली सेनाको श्री नम्बर २४ बाहिनी अड्डामा स्याउ फुलेर सेताम्य भएको छ । ब्यारेक वरिपरि स्याउ फुलेको दृश्यले बाहिनीको सुन्दरता नै बेग्लै छ । ब्यारेक भित्रको कुनै पनि जमिन खाली छैन ।
असार मसान्तसमम १ हजार १ सय ७७ गर्भवती तथा सुत्केरी महिलालाई पोषण कोसेली उपलब्ध हुनेछ। उपाध्यक्ष बुढाले भनिन्, ‘नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा सेवा लिएका जस्ता मापदण्ड पूरा गरेका गर्भवती र सुत्केरी महिलालाई प्राथमिकतामा राखिएको छ।
जुम्लाको हिमा गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ। खेलकुद क्षेत्रलाई अघि बढाउनको लागि पालिका स्तरमा प्रशिक्षकको राखेको हो। हरेक विद्यालयमा एक खेल प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रलाई प्रभावकारी बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए।
जुम्लाको हिमा गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा विद्यालय प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरिएको छ।
कर्णालीमा १ वर्षको अवधिमा आगलागीका घटनामा परी ११ जनाको ज्यान गएको छ भने १ अर्ब ६४ करोड ५४ लाख रूपैयाँबराबरको धनमाल क्षति भएको छ।
समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत कर्णाली प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम शुरुवात गर्यो। कर्णालीका १० वटै जिल्लामा एकैपटक शुरु भयो। यो कार्यक्रमले कर्णालीका सडक निकै सुरक्षित हुने आशा गरिएको थियो। अब कर्णालीका यात्रु सहजै रुपमा सुरक्षित यात्रा गर्ने छन्।
गत चैत २१ गते जुम्ला तिला गाउँपालिका ९ को मुल्ली बस्ती आगलागीबाट खरानी भयो । मानवीय क्षति भने भएन । तर घरभित्र रहेको अन्नपात पुरै जल्यो । मुल्ली अन्न भण्डारका रुपमा रहेको थियो । आगोले बस्तीभित्रका २९ घर जलेर नष्ट भए । स्थानीय बिचल्लीमा छन ।
जुम्ला सिँजा गाउँपालिका २ चुलेलगाउँका दुई जना युवाले गाउँमै गाडी बनाएर गुडाएका छन्। उनीहरुले सोलारबाट चल्ने गाडी बनाएका हुन्। सिँजा गाउँपालिका २ का प्रशान्त वड र अज वडले रातो कलरको तीन जना अटाउने गाडी बनाएर देखाएका हुन्।
यतिबेला कर्णालीमा सरकार उथलपुथल हुने अवस्थामा छ। कर्णालीको प्रमुख राजनीतिक दल एमाले आफ्नो सरकार बनाउने धाउन्नमा छ। यता नेकपा (माओवादी)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई यथावत् राख्ने बल लगाइरहेको छ।
झण्डै आठ महिनादेखि पानी नपरेर बालीनाली सुक्न थालेपछि जुम्लाका किसान देउताको भाकल गर्न थालेका छन्। उनीहरुले देउताको मन्दिरमा पूजा गर्ने, मुढा चढाउने, घण्टा चढाउनेदेखि थानमा बलि चढाउने गर्न थालेका हुन्। हिउँदमा हिउँ परेन। तर किसान फागुन चैत महिनामा पानी पर्ने आशामा थिए।
जुम्लामा नयाँ वर्षलाई तागे संक्रान्तिका रूपमा मनाउने गरिएको छ। देशभर विभिन्न तरिकाले नयाँ वर्ष मनाइरहँदा जुम्लामा भने तागे संक्रान्तिका रूपमा मनाउने गरिएको हो। वैशाख १ को दिन विवाहित महिलाले आफ्ना पतिको दीर्घायुको कामना गर्दै तागा लगाउने चलन छ।
जुम्लाको तातोपानी गाउँपालिकाको एक विद्यालयमा अज्ञात रोगले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय प्रवेशमा रोक लगाइएको छ।
जुम्ला तिला गाउँपालिका ९ का मुनबहादुर बुढा खडेरीले बालीनाली सुकेपछि निकै चिन्तित छन्। उनले यो वर्ष निकै मेहनत गरेर हिउँदे बाली जौँ र गहुँ छरेका थिए। हिउँदे बाली राम्रो होला र भोकमरी नहोला भन्ने सोचका साथ खेतीपाती सुरु गरेका उनको खडेरीले सबै बालीनाली सखाप बनायो।
