जैविक विविधतामा लगानी वृद्धिको खाँचो
जलवायु परिवर्तनको प्रतिरोध गर्न कार्बन डाइअक्साइड सोस्न हामीलाई बाक्लो र विविधतायुक्त जंगल तथा सफा सागरको खाँचो छ। विडम्बना, आज जलवायु परिवर्तन स्वयम्ले नै यी प्रणालीमाथि हानि पुर्याइरहेको छ।
जलवायु परिवर्तनको प्रतिरोध गर्न कार्बन डाइअक्साइड सोस्न हामीलाई बाक्लो र विविधतायुक्त जंगल तथा सफा सागरको खाँचो छ। विडम्बना, आज जलवायु परिवर्तन स्वयम्ले नै यी प्रणालीमाथि हानि पुर्याइरहेको छ।
पछिल्लो समयमा जुम्लामा विपदका घटना बढ्न थालेपछि सुरक्षाकर्मीको टोली गाउँमै पुगेर विपद जोखिमबाट बच्नको लागि आवश्यक पर्ने तालिम प्रदान गर्न थालेको छ। विपद संभावित क्षेत्रमा पुगेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डेमोस्ट्रेशन देखाएर व्यवहारिक अभ्यास गर्न थालेको हो।
नेपालको हिमालय क्षेत्रको सबैभन्दा ठूलो २७० किलोमिटर लामो धौलिगाड वृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ।
जुम्लाको सिँजा गाउँपालिका ५ फाईचौरमा स्थायी प्रहरी चौकी स्थापना भएको छ। यो क्षेत्र तत्कालीन शनिगाउँ गाविस भित्र पर्छ। भौगोलिक रुपमा निकै निकट मानिएको यो क्षेत्रका स्थानीयले असुरक्षाको अनुभूति गर्दै प्रहरी चौकीको माग गरेका थिए।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा प्रजिअ विजयाकुमारी प्रसाईंले जुम्ला अर्गानिक जिल्लाका रूपमा घोषणा भइसकेकाले पनि अर्गानिक खाजामा जोड दिनुपर्ने बताइन्।
जुम्लामा धौलिगाड बृहत खानेपानी आयोजना बन्ने पक्का भएको छ। हिमाली जिल्लाको सबैभन्दा ठूलो आयोजनाको रुपमा रहेको धौलिगाड खानेपानी आयोजना बन्ने पक्का भएको हो।
जुम्लाका हरेक सरकारी कार्यालयले उत्पादित अर्गानिक खाजा खुवाउने भएका छन्। उनीहरुले जुम्लामा उत्पादित अर्गानिक वस्तुको खाजा बनाएर खुवाउने भएका हुन्।
अघिल्लो स्थानीयतहको निर्वाचनदेखि गाउँ नगएका दलहरु निर्वाचन नजिकिदै गर्दा गाउँ-गाउँमा जान थालेका छन्।
राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थानमा राख्न माग गरिएको छ।
जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पातारासी गाउँपालिकामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ।
जुम्लाको हिमा गाउँपालिकाले समाजमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य अभियान थालेको छ।
रोजगारीका लागि भारत पसेका जुम्ली फर्कने क्रम सुरु भएको छ। नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लाबासीको दैनिक घुइँचो लाग्न थालेको छ। गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन्।
जुम्लाको गुठिचौर गाउँपालिकाले पहिलो वर्ष सडक वर्षको रुपमा मनायो। प्रत्येक वस्तीमा सडक पुर्याउने तरिकाले योजना बनायो।
चन्दननाथ २ खोलीकोटकी कृष्णमाया महत बुढ्थापा स्याउ बगैँचामा कालो तुसारो लागेर उत्पादनमा गिरावट आउन थालेको झण्डै पाँच वर्ष भइसक्यो। वर्षेनी उनको बगैँचाको स्याउको चिचिला झर्छ। चिचिला झरेपछि स्याउले फल दिने संभावना भएन।
'अर्काको देशमा काम गर्दाको पीडा त छँदैछ', सिँजा गाउँपालिका ६ का नरबहादुर बुढाले भने,‘हरेक वर्ष सिमानामा निकै सास्ती हुने गरेको छ। कालापहाडमा चार महिना लगाएर कमाएको रकम सीमा नाकामा रहेका भारतीय सुरक्षाकर्मीले डरधम्की दिएर असुल्ने गरेका छन्।'