बैतडीका १८ विद्यालयमा नयाँ भवन बन्ने
बैतडीमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यो वर्ष १८ वटा नयाँ विद्यालय भवन निर्माण हुने भएका छन्। सामाजिक विकास कार्यालय मार्फत जिल्लाका १० वटै स्थानीय तहका विभिन्न विद्यालयमा ४ कोठे र २ कोठे भवन निर्माण हुने सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले जानकारी दिए।