२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सतबाँझमा एक युवक मृत भेटिए

बैतडीको सतबाँझमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका– २ सतबाँझमा सोमबार बिहान दोगडाकेदार गाउँपालिका– १ रिमका वीरसिंह कुँवर मृत अवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्त प्रहरी निरीक्षक नन्दराज जोशी जानकारी दिए।

आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन आएका कुँवर सोमबार बिहान ६ बजे सतबाँझ बजारमा मृत भेट्टिएका हुन्।

आइतबार अबेर सतबाँझ पुगेका र राति कठ्यांग्रिएर मृत्युु भएको प्रहरी अनुमान छ। मृतक कुँवरले मादक पदार्थ सेवन गर्ने गरेको बताइएको छ। कुँवरका श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ।

घरमा १ छोरा र १ छोरी छन्। प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: २१ फाल्गुन २०८० १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App